२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

दार्चुलामा जीप दुर्घटना : तीन जनाको मृत्यु, ४ जना घाइते



दार्चुला । दार्चुलाको जिल्लाको लेकम गाउँपालिका-६ उचाकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृ्त्यु भएको छ । दुर्घटनामा परी ‍अन्य ४ जना घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी भास्कर चन्दका अनुसार शनिबार साँझ शैल्यशिखर नगरपालिका-८ अम्तोलीबाट रिठाचौपाता गइरहेको ग ३ च १६९३ नम्बरको जीप उचाकोटमा दुर्घटना भएको हो ।

दुर्घटनामा जीप चालक लेकम गाउँपालिका-६ का ३८ वर्षीय करन नाथ र शैल्यशिखर नगरपालिका-८ का ७० वर्षीय सुनादेवी पन्तको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका शैल्यशिखर-८ का ४० वर्षीय पदमराज पन्तको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

सूचना अधिकारी चन्दका अनुसार दुर्घटनामा परी शैल्यशिखर-८ का ७२ वर्षीय बुद्धिबल्लभ पन्त, १२ वर्षीय मुकेश पन्त र ७ वर्षीय बसन्त पन्त तथा ७० वर्षीया गंगा पन्त रहेका छन ।

जीप कच्ची सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरूको थप उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ९ : २२ बजे

प्रदेश प्रमुख खापुङद्वारा कोशीमा सरकार गठनको आह्वान

विराटनगर । कोशी प्रदेशमा प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको

पारस खड्काको चेतावनी- मेरो चरित्र हत्या गरियो, ढिलो चाँडो कानुनी दायरामा ल्याउछु

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले

लखनउमाथि सनराइजर्सको १० विकेटको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ

आजको मौसम : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको