१२ बैशाख २०८१, बुधबार | April 24, 2024

प्रधानमन्त्री ओलीले आज कोरोनाविरुद्धको खोप लगाएर दोस्रो चरणको अभियान सुरु हुँदै



काठमाडौं । कोरोना भाइरस संक्रमणविरुद्ध दोस्रो प्राथमिकताको पहिलो चरण आजबाट सुरु हुँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप लगाएर दोस्रो चरणको अभियान शुरु गरिने भएको छ । प्रधानमन्त्री ओलीले आइतबार बिहान शिक्षण अस्पतालमा खोप लगाउने तय भएको छ ।

दोस्रो प्राथमिकतामा रहेका ५५ वर्ष उमेर माथिका साथै विश्वविद्यालय र विद्यालयका शिक्षक कर्मचारीलाई खोप लगाइने छ । यस्तै सार्वजनिक सवारीसाधनका चालक र सहचालकलाई पनि प्राथमिकतामा राखिएको छ । ती सबैको संख्या करिब ४२ लाख रहेको स्वास्थ्य सेवा विभागको आकलन छ ।

यो चरणमा १५ हजारभन्दा बढी जनशक्ति परिचालन गरी ४२ लाखलाई खोप लगाउने छन । यस्तै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोनाविरुद्धको खोप सबै जनताको पहुँचमा पुर्‍याउने प्रयास भइरहेको बताएका छन ।​मन्त्री त्रिपाठीले भारतमा उत्पादन भएको कोभिशिल्ड खोपको ५० लाख मात्रा किन्ने प्रक्रियासमेत शुरु भइसकेको जानकारी दिए ।

यसअघि सरकारले भारत सरकारको अनुदानमा १० लाख मात्रा खोप र खरीद गरेको १० लाख मात्रा खोप आइसकेको छ भने १० लाख मात्रा खोप भारतबाट आउने प्रक्रियामा रहेको उनको भनाइ छ । २० दिनसम्म चल्ने खोप अभियानमा १६ हजार ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने सरकारको योजना छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ६ : ५१ बजे

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।