१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

आजबाट कोरोना विरुद्ध दोस्रो चरणको खोप अभियान सुरु हुँदै, ६५ वर्ष माथिका नागरिकले मात्र लिन पाउनेछन् खोप



काठमाडौं । नेपालमा उपलब्ध खोपको मात्रा अपुग हुने देखिएपछि आजबाट ५५ वर्ष माथिका जेष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिने अभियानबाट सरकार पछि हटेको छ । सरकारले दोस्रो चरणको खोप अभियान अन्तर्गत ५५ वर्ष माथिका जेष्ठ नागरिकलाई खोप दिने कार्यक्रम तय गरेपनि मात्रा अपुग हुने देखिएपछि ६५ वर्षमाथिका जेष्ठ नागरिकलाईमात्र खोप दिन लागेको हो ।

सरकारले गत माघ १४ गतेबाट सुरु गरेको पहिलो चरणको खोप अभियान सम्पन्न गरेर आजबाट दा्स्रो चरणको खोप दिने अभियान सञ्चालन गर्न थालेको हो । दोस्रो चरणको अभियानमा देशभरका ६५ वर्ष माथिका नागरिकहरुलाई मात्र खोप दिईने छ । सरकारले यसअघि दोस्रो चरणमा ५५ वर्षमाथिका नागरिक, शिक्षक, सार्वजनिक यातायातका चालक तथा सहचालकलगायतलाई खोप दिने घोषणा गरेको थियो । हिमाली जिल्लाहरुमा भने ५५ वर्ष माथिका सबैलाई खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दोस्रो चरणको कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओली आफैंले खोप लगाएर गर्ने भएका छन् । प्रधानमन्त्री ओली बिहान १० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा खोप लगाएर अभियानको शुभारम्भ गर्नेछन् ।

मन्त्रालयका अनुसार दोस्रो चरणको खोप अभियान सन्चालनका लागि देशभर ६ हजार खोप केन्द्र स्थापना गरिएको छ । नेपाल सरकारले भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप दिँदै आएको छ । यो खोप भारतमा ७० प्रतिशत प्रभावकारी भएको पाइएको छ । यस अघि यो खोपको पहिलो डोज लिएको २८ दिनमा डोज लिनुपर्ने बताईएपनि विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार आठदेखि १२ हप्ताभित्र दोस्रो डोज लिनु पर्नेगरि मन्त्रालयले व्यवस्था मिलाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ८ : ३८ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा