१६ असार २०८३, मंगलबार | June 30, 2026

सर्वोच्चले एमाले र माओवादी ब्युँताइदिएपछि प्रचण्ड-माधव र ओली पक्ष छुट्टाछुट्टै नयाँ रणनीति बनाउँदै



काठमाडौं । पार्टी एकीकरण गरेर झण्डै ३ वर्ष एकीकृत रुपमा काम कारवाही गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई सर्वोच्च अदालतले ३ वर्ष पछाडि धकेल्दै एककीकरण अगाडिको अवस्थामा पुयाईदिएको छ ।

अदालतले ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी छोटकरीमा ने.क.पा.लाई मान्यता दिंदै प्रचण्ड र केपी ओलीले गर्दै आएको दाबी खारेज गरिदिएपछि ओली र प्रचण्डको अवस्था ३ वर्ष पछाडि धकेलिएको हो ।

विगत ३ वर्षदेखि निर्वाचन आयोगमा विधिवत दर्ता भएर संचालनमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अदालतले खारेज गर्दै ऋषि कट्टेलको स्वामित्वमा पु-याईदिएपछि नेपाली राजनीतिमा थप अन्यौलता सिर्जना भएको छ ।

सर्वोच्चकै फैसलाबाट पुनर्स्थापना भएको संसदको बैठक बहिस्कार गरेर बाहिरिएका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधव नेपालले सरकारको आयु सकिएको भन्दै अव माओवादी केन्द्रले मात्र समर्थन फिर्ता गरेपनि सरकार ढल्ने प्रतिक्रिया दिएका छन् ।

दुई दल एकीकरण भएपछि बनेको नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध कट्टेलले दिएको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेको हो ।

फैसलामा नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) दर्ता गर्ने आयोगको २३ जेठ २०७५ को निर्णय सदर गर्ने तथा ९ कात्तिक २०७५ को नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्णय बदर गर्दै सर्वोच्चले साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी एमाले र नेकपा माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहने बताएको छ ।

सवोच्चको फैसला पछि प्रचण्ड र ओली पक्षले छुट्टाछुट्टै बैठक बसेर आगामी रणनीति बनाउन थालेका छन् । ओलीले बालुवाटारमा आफुपक्षिय सांसदहरुको बैठक डाकेका छन् भने प्रचण्ड र माधव नेपाल कानुनी परामर्शमा लागेका छन् ।

 

 

 

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ६ : ५४ बजे

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी

नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट