४ पुस २०८२, शुक्रबार | December 19, 2025

रुपन्देही सुपरलिग : वेष्टर्न सेमिफाइनलमा



भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको डिभिजन ‘ए’को समूह ‘बी’को खेलमा वेष्टर्न क्रिकेट क्लबले जीआर क्रिकेट क्लबलाई ९८ रनले पराजित गर्दै समूह ‘बी’बाट वेष्टर्न सेमिफाइनल प्रवेश गरेको छ ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २०१ रनको योगफल बनायो । उसका लागि हरजित सिंहले ५९, उत्सव श्रेष्ठले ५० र राहुल कुमारले २१ रन बनाए । बलिङमा जीआरका लागि धिरज शाहीले ४, सिद्धान्त शाहीले २, संदीप सुनार, नितेष थापा र राजवीर सिंहले समान १/१ विकेट लिए ।

जवाफी व्याटिङ गरेको जीआरले २९.५ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमै समेटियो । उसका लागि अर्जुन गिरीले ३०, नरेश चन ठकुरीले २८ र धिरज शाहीले १६ रन बनाए । उसलाई सस्तैमा रोक्न बलिङमा वेष्टर्नका सन्देश थापा र कमल थापाले ३/३, राहुल कुमारले २ र विवेक पराजुलीले १ विकेट लिए । हरिजत सिंह म्यान अफ द म्याच भए । सोमबार डिभिजन ‘ए’ को समूह ‘सी’मा रहेका न्यू होराइजन क्रिकेट क्लब र तिलोत्तमा क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाकारी दिए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ९ : २६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको