१२ असार २०८३, शुक्रबार | June 26, 2026

रुपन्देही सुपरलिग : वेष्टर्न सेमिफाइनलमा



भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको डिभिजन ‘ए’को समूह ‘बी’को खेलमा वेष्टर्न क्रिकेट क्लबले जीआर क्रिकेट क्लबलाई ९८ रनले पराजित गर्दै समूह ‘बी’बाट वेष्टर्न सेमिफाइनल प्रवेश गरेको छ ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २०१ रनको योगफल बनायो । उसका लागि हरजित सिंहले ५९, उत्सव श्रेष्ठले ५० र राहुल कुमारले २१ रन बनाए । बलिङमा जीआरका लागि धिरज शाहीले ४, सिद्धान्त शाहीले २, संदीप सुनार, नितेष थापा र राजवीर सिंहले समान १/१ विकेट लिए ।

जवाफी व्याटिङ गरेको जीआरले २९.५ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमै समेटियो । उसका लागि अर्जुन गिरीले ३०, नरेश चन ठकुरीले २८ र धिरज शाहीले १६ रन बनाए । उसलाई सस्तैमा रोक्न बलिङमा वेष्टर्नका सन्देश थापा र कमल थापाले ३/३, राहुल कुमारले २ र विवेक पराजुलीले १ विकेट लिए । हरिजत सिंह म्यान अफ द म्याच भए । सोमबार डिभिजन ‘ए’ को समूह ‘सी’मा रहेका न्यू होराइजन क्रिकेट क्लब र तिलोत्तमा क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाकारी दिए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ९ : २६ बजे

बागमती प्रदेशको गौरव – सालक

बागमती । बागमती प्रदेश सरकारले सालकलाई बागमती प्रदेशको गौरवको प्राणीका

महामन्त्री पदका आकांक्षी चार नेताद्वारा विपिन आचार्यलाई समर्थन 

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत महामन्त्री

प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेट, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन्