२४ बैशाख २०८१, सोमबार | May 7, 2024

भीम रावललाई प्रधानमन्त्री ओलीको जवाफ, – मेरो पार्टी खोज्न सर्वोच्च जानु !



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको नाम जान्न मन छ भने सर्वोच्च अदालत जान सुझाएका छन् ।

प्रचण्ड नेपाल पक्षका नेता भीम रावलले आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको पार्टी कुन हो भनि प्रश्न गरेका थिए ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रावललाई व्यङ्गात्मक जवाफ दिँदै ओलीले आफु नेकपाको साधारण सदस्य पनि नभएको बताउँदै रावललाई नै तपाईं कुन पार्टीको हो भनि प्रश्न गरे ।

ओलीले भने, ‘मैले सोध्न नपरोस् तपाईं कुन पार्टीको हो ? मलाई त उहाँहरूले नेकपाको साधारण सदस्यबाट पनि निष्कासन गर्नु भएको थियो। म नेकपाको साधारण सदस्य पनि होइन। अदालतले भन्यो म कुन पार्टीको सदस्य र अध्यक्ष हो।’

ओलीले आफुले प्रतिनिधिसभा विघटन गर्ने सही निर्णय गरेको बताउँदै अहिले पुनर्स्थापना भएपछि रमिता देख्न थालिएको बताए । उनले भने, ‘मुद्दा मामिला गरेर संसद पुनर्स्थापना किन गर्‍या रैछ भन्दा त उफ्रिन नाराबाजी गर्ने रैछ,’ ओलीले भने,ुकम्तिमा मेरो मेख मार्न भए पनि पहिलो बैठक राम्ररी चल्न दिनुपर्छ।’

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  २ : ५३ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,