१६ असार २०८३, मंगलबार | June 30, 2026

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

मंगलबार आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।

बैठकका एजेण्डाबारे मन्त्रीहरुलाई केही बताइएको छैन । तर, विकसित राजनीतिक घटनाक्रमले सरकार संचालनमा पार्न सक्ने प्रभावबारे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदबाट केही निर्णय गर्न खोजेको स्रोतले बताएको छ ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गर्दै नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँताइदिएपछि मन्त्रिपरिाषद बैठक पहिलो पटक बस्न लागेको छ । ओली मन्त्रिपरिषदमा माओवादी केन्द्रका केही सांसदहरु मन्त्री रहेका छन् ।

संसदभित्रको समिकरणमा सरकार स्पष्ट अल्पमतमा परेको छ । माओवादी केन्द्रले स्वभाविक रुपमा समर्थन फिर्ता गरेपछि प्रधानमन्त्री ओलीले विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता छ । यसबीचमा ओलीले राष्ट्रिय जनता पार्टी राजपसँग सहकार्यको प्रस्ताव समेत गरेका छन् । राजपाले सांसद रेशम चौधरीको मुद्दा फिर्ता र संविधान संशोधनको माग पुरा हुनुपर्ने माग गरेको छ ।

यस्तै माओवादी केन्द्रले आफ्ना मन्त्रीहरुलाई फर्किन निर्देशन दियो भने ती सबै मन्त्रीहरु फर्किनुपर्ने बाध्यता छ । यससँगै सरकराले जारी गरेका केही अध्यादेशहरुलाई समेत अगाडि बढाउनुपर्ने छ । ओलीले मन्त्रिपरिषद बैठकमा यी सबै विषयमा मन्त्रीहरुको राय माग्नेछन् । यसबाहेका सरकारका नियमित काम र निर्णयहरु समेत मन्त्रिपरिषद बैठकबाट हुने बताइएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १० : ३७ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी