३ आश्विन २०८३, शनिबार | September 19, 2026

आजको मौसम : पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली, अपरान्हपछि मेघ गर्जन र चट्टयाङसहित वर्षा



काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ । हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।

देशका बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ । आज काठमाडौंको न्युनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २५ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू-भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ । देशका बाँकी भू-भागहरूमा आंशिक बदली हुने सम्भावना छ ।

अपरान्हपछि देशका पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । त्यसैगरी आज राती देशका पहाडी भू-भागहरुको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ ।

देशका बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागहरुको एक, दुई स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ६ : ५९ बजे

संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्न एकताबद्ध हुनुपर्छ : ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु मुख्य दायित्व : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट

संविधानको पूर्ण पालना र जवाफदेही प्रशासन आजको आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जवाफदेही

आज कागे अष्टमी पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज