१६ असार २०८३, मंगलबार | July 1, 2026

धनगढीमा एमालेका ओली र नेपाल पक्षबीच झडप



धनगढी । धनगढीमा नेकपा एमालेका दुई गुटबीच झडप भएको छ ।

पार्टी कार्यालय स्थापनाको क्रममा एमालेका भीम रावल र कर्णबहादुर थापा पक्षीय कार्यकर्ताहरुबीच झडप भएको हो । भीम रावल नेपाल पक्षधर नेता हुन भने थापा ओली पक्षधर नेता हुन् ।

चटकपुरस्थित तत्कालिन नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा एमालेको बोर्ड राख्ने क्रममा थापा पक्षका कार्यकर्ताले रावलको नेमप्लेट हटाएर लेखराज भट्टको नाम राखेपछि विवाद बढ्दै जाँदा भनाभनको क्रम हात हालाहालमा पुगेको थियो ।

रावल पक्षका कार्यकर्ताले बिहान नेकपा एमालेको बोर्ड र प्रदेश इन्चार्ज रावलको नेम प्लेट झुण्डयाएका थिए । तर, दिउँसो थापा पक्षीय कार्यकर्ताहरु गएर अर्को बोर्ड झुण्डयाएका थिए । उनीहरुले प्रदेश इन्चार्जमा भट्टको नेम प्लेट राखेका थिए ।

सुदुरपश्चिमकै अछाम जिल्लामा रावल र थापा पक्षधरबीच केही समय अघि झडप भएको थियो । धनगढीमा पनि झडप हुनसक्ने भन्दै बिहानैदेखि पार्टी कार्यालय आसपास प्रहरी परिचालन भएको थियो । रावल र थापा पक्षधरबीच सदुरपश्चिममा कटुतापूर्ण सम्बन्ध रहँदै आएको छ ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ४ : ४१ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी