१६ पुस २०८२, बुधबार | January 1, 2026

आजको मौसम : देशभर आंशिक देखि सामान्य बदली, केही स्थानमा मेघ गर्जन र चट्टयाङ्सहित वर्षाको सम्भावना



काठमाडौं । देशभर शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रहने सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्सहित वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार राति पनि देशभरी आंशिक देखि सामान्य बदली रहने छ । पहाडी भू-भागका थोरै स्थानहरुमा राति पनि मेघ गर्जन र चट्टयाङ्सहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्टयाङ् र हावाहुरिसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

अहिले बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविद्ले जनाएका छन ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ७ : १४ बजे

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान

बुटवल सडक खाना महोत्सवमा रक्तदान कार्यक्रम, ३० युनिट रगत संकलन

बुटवल । पर्यटन प्रवद्र्धनसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै बुटवलमा जारी

विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्छ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले स्थायित्व,

अनशनरत डा. निकोलस भुसालको स्वास्थ्य बिग्रियो, उपचारका लागि वीर अस्पतालमा भर्ना

काठमाडौं । विभिन्न राजनीतिक तथा सामाजिक माग राख्दै विगत ९

भदौ २४ मा भएको लुटपाट र आगजनीमा संलग्नहरुलाई कडा कारवाही हुनुपर्छ : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले भदौ २४ मा