९ माघ २०८२, शुक्रबार | January 23, 2026

प्रधानमन्त्रीमा नियुक्ति भएकै दिनदेखि ओलीले संविधानमाथि प्रहार गरे : बालकृष्ण खाँड



बुटवल । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री केपी ओली नियुक्ति भएकै दिनदेखि संविधानमाथि प्रहार सुरु भएको बताएका छन् ।

दलित पत्रकार संघको प्रथम केन्द्रीय अधिवेशनको उदघाटन कार्यक्रमलाई बुटवलमा सम्बोधन गर्दै प्रमुख सचेतक खाँणले प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीमा नियुक्त भएकै दिन देखि नागरिकहरुको बोल्ने अधिकार वैचारिक स्वतन्त्रता र स्वतन्त्र पत्रकारमाथि प्रहार गरेर मिडिया विधेयक ल्याएको आरोप लगाए ।

उनले सरकारले गुठी सम्बन्धी विधेयक ल्याएर संस्कृतिमाथि प्रहार भएको र सरकारले मानव अधिकारको धज्जि उडाईरहेको उल्लेख गर्दै सरकार संविधानको विपरित कानुन बनाउन उद्देत देखिएको बताए ।

कांग्रेस नेता खाँणले देशमा बढ्दै गरेको बलात्कार र हिंसाप्रति सबै संवेदनसिल हुन आवश्यक रहेको तर्फ औंल्याउँदै हिंसा र वलात्कारजन्य घटनाप्रति सरकारलाई गम्भीर हुन आग्रह गरे ।

‘सरकार किन संविधानका रक्षाका लागि प्रतिवद्धता जनाउदैन ?’, उनले प्रश्न गरे, ‘यो ज्यादै नै गंभीर विषय छ ।’

नेता खाँणले नेपालमा कुनैपनि वादमा उभिएर निरंकुशता, अधिनायकवाद स्थापित गर्न नसकिने बताए । ‘असली मयुर सडकमा दौडिरहेका छन् र नक्कलि मयुर सिंह दरवारमा बसिरहेका छन्उ’, नले भने ।

नेपालको संघीय गणतन्त्रलाई कसैले समाप्त गर्न नसक्ने बताउंदै खाँणले बहुवादको आधारमा बहुदलीय लोकतन्त्र शासन प्रणाली कसैले सिध्याउन नसक्ने ठोकुवा गरे ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ४ : ३९ बजे

स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी । प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने

आजको मौसम : कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन आउन ४१ दिन बाँकी : उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी