१६ असार २०८३, मंगलबार | July 1, 2026

माओवादीका २२ नेता बने ओलीको एमालेमा केन्द्रीय सदस्य



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीकेन्द्रको तर्फबाट आफ्नो समुहमा आएका २२ नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

एमालेको ओली पक्षको शुक्रबार बसेको बैठकले रामबहादुर थापासहित पाँच नेतालाई स्थायी कमिटीमा र अन्य १७ नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको हो ।

माधव कुमार नेपाल पक्षका नेताहरुको जिम्मेबारी खोसेर ओलीले केही जिम्मेवारी माओवादी केन्द्रबाट मनोनितहरुलाई दिएका छन् ।

रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा र प्रभु साहलेले स्थायी कमिटीमा स्थान पाएका छन् ।

यसैगरी केन्द्रीय कमिटीमा मनोनित हुने पूर्वमाओवादीहरुमा निम्न नेताहरु रहेका छन् :

लिलाबहादुर थापा
दधिराम न्यौपाने
गिरिधारीलाल न्यौपाने
गौरीशंकर थारु
झपट बोहरा
दावा लामा
चन्द्रबहादुर खड्का
टंक आङबुहाङ
पासाङ शेर्पा
ज्वाला साह
टेकबहादुर बलामी
कमल जंग
मनोज थापा
विषमलाल अधिकारी

नवीन रोका
धर्मराज रेग्मी
डम्बर विष्ट

शुक्रबार मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमालेमा गएका नेताहरुलाई फर्किन कुनै पहल नगर्ने बताएका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ५ : ३१ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी