३ आश्विन २०८३, शनिबार | September 19, 2026

आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा हल्का वर्षा



काठमाडौं । अहिले देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्का वर्षा भएको छ ।

आज दिउँसो देशभरी आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति गण्डकी, बागमती र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

गण्डकी, बागमती प्रदेश र प्रदेश नं १ को पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज दिनभर देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ/हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ६ : ४० बजे

मोदीखोलाको बाढीले भत्काएको बिरेठाँटी सडक सञ्चालन, घान्द्रुक जाने बाटो खुल्यो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोज्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय