१६ असार २०८३, मंगलबार | July 1, 2026

माओवादी केन्द्र र जसपाका नेताहरुबीच पेरिसडाँडामा छलफल



काठमाडौं । नेकपा माओवादी केन्द्र र जनत समाजवादी पार्टी जसपाबीच छलफल सुरु भएको छ । सत्ता समीकरणबारे छलफल गर्न जसपाका नेताहरु माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी ठहर गरेका माओवादी केन्द्र, जसपा र नेपाली काँग्रेसबीच सत्तासाझेदारीबारे छलफल भैरहेको छ ।

सर्वोच्च अदालतले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र पुनर्स्थापित गरिदिएपछि सत्ताको निर्णायक साँचो बनेको जसपाले भने आफ्ना माग जसले पुरा गर्छ उसैसँग सत्ताँ सहकार्य भन्दै एमालेसँग पनि समानान्तर छलफल जारी राखेको छ ।

जसपाभित्र पूर्व राजपा पक्षधर नेताहरुले रेशम चौधरीको रिहाई, संविधान संशोधन लगायतका माग पुरा गरे ओली सरकारलाई समथर्न दिन सक्ने समते जनाउ दिएका छन् । तर, जसपाभित्रको पूर्व समाजवादी पार्टीका नेताहरु उपेन्द्र यादव र बाबुराम भट्टराईहरुले भने ओलीलाई कुनै हालतमा समर्थन गर्न नहुने अडान राखिरहेका छन् ।

जसपाले निर्णय गर्यो भने कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र जसपाको त्रिपक्षीय गठबन्धनको सरकार बन्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ११ : २४ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी