१६ असार २०८३, मंगलबार | July 1, 2026

सत्ता साझेदारी र चुनावसम्म कार्यनीतिक एकताबारे माओवादी केन्द्र र जसपाबीच छलफल



काठमाडौं । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाबीच सत्ता साझेदारीका विषयमा छलफल भएको छ ।

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा भएको छलफलमा माओवादीले ओली सरकार विस्थापित गर्न सहकार्यको प्रस्ताव अघि सारेको छ । माओवादीले अग्रगमनका पक्षधर शक्तिहरुबीच आगामी चुनावसम्मै कार्यगत एकताको प्रस्ताव समेत गरेको छ ।

बैठकमा माओवादी केन्द्रले चुनावलाई समेत केन्द्रमा राखेर सत्ता साझेदारी गर्न आग्रह गरेको थियो । असंवैधानिक ढंगले संसद विघटन गर्ने र देशलाई अराजकतामा लैजाने ओली सरकारलाई विस्थापन गर्नुपर्ने विषयमा छलफल भएको छ । जसपाका नेताहरुले भने आफुले उठाउँदै माग सम्बोधन कसरी गर्न सकिन्छ भनेर जिज्ञासा राखेका छन् ।

बैठकपछि जसपा अध्यक्ष महन्थ ठाकुरले छलफल सकारात्मक रहेको प्रतिक्रिया दिए । तर, अहिले नै कुनै निस्कर्षमा नपुगेको पनि उनले बताए । अध्यक्ष ठाकुरले माओवादी केन्द्रसँग फेरि छलफलमा बस्ने गरी आजको छलफल सकिएको बताए ।

बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड नेता नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, देव गुरुङ लगायतका नेताहरु सहभागी थिए । यसैगरी जसपाको तर्फबाट अध्यक्षद्वय ठाकुर र उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, नेताहरु अशोक राई र राजेन्द्र महतो सहभागी थिए।

जसपाले यसअघि शुक्रबार नेपाली कांग्रेसँग छलफल गरेको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  १२ : ५९ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी