२४ बैशाख २०८१, सोमबार | May 7, 2024

प्रधानमन्त्री पद जोगाउन कसैको दैलोमा निवेदन हाल्न जाँदिन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पद जोगाउन कसैको दैलोमा निवेदन हाल्न नजाने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एमाले निकट अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही व्यक्तिहरू प्रधानमन्त्रीका लागि आवेदन हाल्दै हिँडेको बताउँदै आफ्नो पार्टीले त्यसरी निवेदन हाल्न कतै नजाने बताए ।

ओलीले आफुलाई सत्ताबाट हटाउन पनि चुनौती दिए । ओलीले सबै मिलेर सत्ताबाट हटाए २० महिना पछि दुई तिहाई बहुमतका साथ सिंहदरबारको मूलबाटोबाट प्रवेश गर्ने अठोट व्यक्त गरे ।

उनले सूर्य चिन्हधारी एमालेलाई कसैले हराउन नसक्ने बताउँदै भने, मलाई कसैले हटाउन सके हटाए हुन्छ । २०७३ सालमा पनि मलाई हटाएकै थिए । १९ महिना पछि झण्डै झण्डै दुई तिहाई बहुमतका साथ सिंहदरवार फर्केँ । अहिले पनि कसैले सक्छ भनेर हटाएर देखाए हुन्छ, २० महिनापछि दुई तिहाई बहुमतका साथ सिंहदरवारको मूलगेटबाट भित्र पस्छु ।’

ओलीले आफु बाहेक प्रधानमन्त्रीको योग्य व्यक्ति कोही नभएको दाबी समेत गरे । विकास र समृद्धिको भिजन भएको नेता आफुले अहिलेसम्म कसैलाई नदेखेको उनको भनाइ थियो । उनले भने, ‘कुनै नेताको सोच पनि विकास र समृद्धि गर्ने छँदै छैन। कुनै नेताले भाषणमा समेत विकासका कुरा गरेका छैनन्। त्यसैले हाम्रो विकल्प छैन।’

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ३ : ५६ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,