१६ असार २०८३, मंगलबार | July 1, 2026

प्रधानमन्त्री पद जोगाउन कसैको दैलोमा निवेदन हाल्न जाँदिन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पद जोगाउन कसैको दैलोमा निवेदन हाल्न नजाने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एमाले निकट अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही व्यक्तिहरू प्रधानमन्त्रीका लागि आवेदन हाल्दै हिँडेको बताउँदै आफ्नो पार्टीले त्यसरी निवेदन हाल्न कतै नजाने बताए ।

ओलीले आफुलाई सत्ताबाट हटाउन पनि चुनौती दिए । ओलीले सबै मिलेर सत्ताबाट हटाए २० महिना पछि दुई तिहाई बहुमतका साथ सिंहदरबारको मूलबाटोबाट प्रवेश गर्ने अठोट व्यक्त गरे ।

उनले सूर्य चिन्हधारी एमालेलाई कसैले हराउन नसक्ने बताउँदै भने, मलाई कसैले हटाउन सके हटाए हुन्छ । २०७३ सालमा पनि मलाई हटाएकै थिए । १९ महिना पछि झण्डै झण्डै दुई तिहाई बहुमतका साथ सिंहदरवार फर्केँ । अहिले पनि कसैले सक्छ भनेर हटाएर देखाए हुन्छ, २० महिनापछि दुई तिहाई बहुमतका साथ सिंहदरवारको मूलगेटबाट भित्र पस्छु ।’

ओलीले आफु बाहेक प्रधानमन्त्रीको योग्य व्यक्ति कोही नभएको दाबी समेत गरे । विकास र समृद्धिको भिजन भएको नेता आफुले अहिलेसम्म कसैलाई नदेखेको उनको भनाइ थियो । उनले भने, ‘कुनै नेताको सोच पनि विकास र समृद्धि गर्ने छँदै छैन। कुनै नेताले भाषणमा समेत विकासका कुरा गरेका छैनन्। त्यसैले हाम्रो विकल्प छैन।’

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ३ : ५६ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी