२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

रुपन्देही सुपरलिगको उपाधि वेष्टर्न क्रिकेट क्लबलाई



भैरहवा । लिग सुरु भएको दुई दशकपछि वेष्टर्न ले रुपन्देही सुपर लिगको उपाधि जितेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ रंगशालामा सम्पन्न नेपाल टेलिकम रुपन्देही सुपर लिगमा न्यू होराइजन क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै वेष्टर्नले पहिलोपल्ट उपाधि जितेको हो । जितसँगै उसले नगद ८० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । यस्तै, उपविजेतामा चित्त बुझाएको होराइजनले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो ।

खराब मौसमका कारण ३० ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको होराइजनले ९ विकेटको क्षतिमा १ सय ६ रन बनायो । वेष्टर्नले २८ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरी जित निकाल्यो । ९ रनमा पहिलो विकेट गुमाएको वेष्टर्न सुरुवात्मै निकै दवावमा परेको थियो । दोस्रो विकेटका लागि देव खनाल र उत्तम थापाले ६५ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याएका थिए ।

७८ रनमा ४ विकेट गुमाएको वेष्टर्न अजय कौशिल्या र एकेन्द्र कुंवरको जोडी जमेपछि उनीहरुले नै टिमलाई जित दिलाए । उसका लागि देव खनालले सर्वाधिक ४४, उत्तम थापाले २६, एकेन्द्र कुंवरले २२ र अजय कौशिल्याले २२ रन जोडे । होराइजनका गोविन्द केसीले २ तथा तुलबहादुर थापाले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरी ३३ रनमा पहिलो विकेट गुमाएको होराइजनको त्यसपछि कुनै खेलाडीले राम्रो साझेदारी गर्न सकेनन् । उसका लागि विशाल खत्रीले सर्वाधिक २३ रन बनाए । सुमित पराजुलीले १८, अमर मिश्राले १३, शक्ति गौचन र गोविन्द केसीले समान १०/१० रन बनाए । होराइजनलाई सस्तैमा रोक्न वेष्टर्नका हरजित सिंह, देव खनाल र राहुल कुमारले २/२ विकेट तथा अभिषेक गौतम, एकेन्द्र कुंवर र विवेक पराजुलीले समान १/१ विकेट लिए ।

देव खनाल म्यान अफ द फाइनल भई ५ हजार रुपैयाँ हात पारे । लिगमा वेष्टर्नका राहुल कुमारले म्यान अफ द सिरिजको उपाधि प्राप्त गरी १५ हजार रुपैयाँबाट पुरस्कृत भए । उनी उत्कृष्ट ब्याट्सम्यान समेत भए र ५ हजार रुपैयाँ प्राप्त गरे । लुम्बिनी खुकुरीका अजय लोनिया उत्कृष्ट बलर भई ५ हजार रुपैयाँ प्राप्त गरे भने लिगमा उत्कृष्ट प्रदर्शन गरेका होराइजनका पुरुषोत्तम भट्टराई उदयीमान खेलाडी हुँदै ५ हजार रुपैयाँबाट पुरस्कृत भए । उपाधि विजेता र उपविजेता खेलाडीहरुलाई पूर्वमन्त्री दीपक बोहरा, आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्ल लगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ८ : ५८ बजे

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ महाअधिवेशन उद्घाटन

काठमाडौं । नेपाल पत्रकार महासङ्घको २७ औँ महाअधिवेशन प्रारम्भ भएको

प्रधानमन्त्रीसँग भारतका महालेखापरीक्षकको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका छिमेकी

सुनको मूल्य तोलामा रु एक हजार एकले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु

न्यूरोडको आरबी कम्प्लेक्स र पिपुल्स प्लाजालाई कर भुक्तानी र कर विवरण बुझाउन महानगरको पत्र

काठमाडौं । ‘आरबी कम्प्लेक्स (रणमुक्तेश्वर विजनेस कम्प्लेक्स)’ र ‘पिपुल्स प्लाजा’

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन