१६ असार २०८३, मंगलबार | July 1, 2026

प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलनलाई समाप्तिको बाटो तर्फ लगेको गौतम नेतृत्वको नेकपा एकता अभियानको निश्कर्ष



काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद चरम उत्कर्षमा पुगेपछि प्रचण्ड-नेपाल पक्ष छाडेर पार्टी एकता अभियान तर्फ सक्रिय भएका वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले कम्युनिस्ट आन्दोलनलाई समाप्तिको बाटोमा लगेको आरोप लगाएको छ ।

गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता अभियानको कार्यसम्पादन समितिको आकस्मिक बैठकले एमाले अध्यक्ष केपी ओलीले नेपालको कम्युनिष्ट आन्दोलनलाई विसर्जनको बाटोमा लगेको निश्कर्ष निकालेको अभियानले एक विज्ञप्ति प्रकाशित गरेर जानकारी दिएको छ ।

शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले ओलीले एमालेको ९ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको पद र जिम्मेवारी खोस्ने तथा जथाभावी केन्द्रीय सदस्य थप्ने निर्णय गरेको भन्दै ओली कदमले कम्युनिष्ट आन्दोलन धारासायी हुने निश्कर्ष निकालेको छ ।

गौतम नेतृत्वको अभियानले विधान विपरीतका निर्णय सच्याएर सिंगो पार्टीलाई एकताबद्ध बनाइ राख्नका लागि समेत सबैलाई आह्वान गरेको छ ।

एमालेमा ओली र माधव नेपाल पक्षले समानान्तर कमिटी घोषणा गरेपछि गौतमले यस्तो आह्वान गरेका हुन् ।

तत्कालिन नेकपामा प्रधानमन्त्री ओलीका विरुद्ध बहुमत सहित संगठित रहेका गौतमले विवाद उत्कर्षमा पुगेका बेला प्रचण्ड-नेपाल पक्ष छाडेर एकता अभियानमा लागेका थिए । बहुमतका लागि निर्णयक बनेका गौतमले सुरुदेखिनै ओली पक्षको चर्को विरोध गर्दै आएपनि ओलीलाई कारवाहीको प्रक्रिया सुरु भएको बैठकहरुमा एकाएक सहभागी नभई एकता अभियान तर्फ लागेका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ९ : ५४ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी