३० चैत्र २०८२, सोमबार | April 13, 2026

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि पनि बस्ने गरी स्थगित भएको छ ।

बिहान ११ बजेदेखि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा आइतबार प्रस्तुत गरिएका एजेण्डाबारे छलफल भै निर्णयमा पुग्ने बताइएको छ ।

आइतबारको बैठकमा नयाँ परिस्थितिमा पार्टीको पुनर्गठन, पार्टीको नाम फेर्ने, सत्ता समीकरण, पार्टी अनुशासन उल्लंघन गरेका नेताहरुलाई कारवाही लगायतका एजेण्डा पेश भएका थिए ।

आजको बैठकमा केन्द्रीय कमिटीका सदस्यहरुले वर्तमान सन्दर्भमा आफ्नो विचार राख्ने, संगठनात्मक काम, पार्टीको विधान परिमार्जन र पार्टीको अनुशासन, पाँचौ राष्ट्रिय भेला गर्ने लगायतका कार्यसुचीमा समेत छलफल हुँदैछ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ परिस्थितिमा पार्टीको पुनर्गठन र समसामयिक राजनीतिक घटनाक्रमबारे जानकारी गराएका थिए ।

यसका साथै सातै प्रदेशका इन्चार्जहरुले रिपोर्टिङ गरेका थिए । बैठकले आजको बैठकमा पार्टी छोडेर गएका मन्त्री सांसद र नेताहरुलाई औपचारिक पत्र पठाई आफ्नो कित्ता क्लियर गर्न निर्देशन दिने निर्णय गरेको थियो ।

बैठक लगत्तै अध्यक्ष प्रचण्डले एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ८ : ३२ बजे

राष्ट्रिय अपाङ्ग महासंघको १० औँ महाधिवेशनबाट देविदत्त आचार्यको नेतृत्वमा नयाँ समिति चयन

बुटवल । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको १० औँ महाधिवेशन बुटवल

गृहमन्त्रीलाई जेनजी नेतृ रक्षा बमको सुझाव- ‘गरिबीलाई अपराध नठान्नुस्’

काठमाडौं । जेनजी नेतृ रक्षा बमले गृहमन्त्री गुरुङलाई सार्वजनिक अभिव्यक्तिप्रति

रिपोर्टर्स क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला

काठमाडौं । समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय तथा व्यवसाय सञ्चालन

ट्रक भाडादर समायोजन गर्न समितिलाई ध्यानाकर्षण

बुटवल । सरकारले इन्धनको मूल्यमा गरेको वृद्धि र त्यसले ट्रक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।