३ आश्विन २०८३, शनिबार | September 19, 2026

कोरोना विरुद्धको खोप : अपेक्षा अनुसार आयात नहुँदा दोस्रो डोज खोप लगाउने मिति लम्बिन सक्ने



काठमाडौं । कोरोना विरुद्धको खोप अपेक्षा अनुसार आयात नभएपछि दोस्रो डोज खोप लगाउने मिति लम्बिन सक्ने भएको छ ।

खोप अभियान अन्तर्गत पहिलो प्राथमिकताको पहिलो चरणमा खोप लगाएकालाई दोस्रो डोज आउँदो वैशाख ७ देखि १५ भित्र लगाउने सरकारले प्रस्तावित योजना बनाए पनि त्यो प्रभावित हुने देखिएको हो ।

भारतसँग खरिद गरेको २० लाख डोज खोपमध्ये १० लाख डोज आउन बाँकी रहेको तथा कोभ्यासमार्फत् आउने खोप र चीनबाट अनुदानको खोप पनि अनिश्चित भएकाले दोस्रो डोज लगाउने मिति लम्बिन सक्ने सम्भावना बढेको हो ।

स्वास्थ्य मन्त्रालयले पहिलो मात्रा लगाएको आठदेखि १२ हप्ताभित्र दोस्रो मात्रा लगाउन सकिने बताउँदै आएको छ । तर खोप नआउँदा अन्योल बढेको छ । सरकारले यही महिनाभित्र भारतबाट बाँकी १० लाख डोज खोप आउने बताए पनि निश्चित मिति तोकिएको छैन । यस्तै, कोभ्यासक्समार्फतको खोपको थप १९ लाख डोज मे महिनामा भित्रने भनिए पनि मिति तोकिएको छैन ।

अहिले सरकारले ६५ वर्षभन्दा माथिका समूहलाई खोप दिइरहेको छ । तेस्रो प्राथमिकतामा परेकालाई खोप लगाउन सुरु गरिएको छैन । तेस्रो प्राथमिकतामा ४० देखि ५४ वर्ष उमेर समूहका नागरिक र १५ देखि ३९ वर्षसम्मको उमेर समूह पर्नेछन् ।

यसैबीच सरकारले निजी क्षेत्रलाई खोप आयातको लागि खुला गरेको छ । औषधि व्यवस्था विभागले सूचना निकालेर इच्छुक उत्पादक, कम्पनी, आयातकर्ता र बिक्रेतालाई ७ दिनभित्र आवेदन दिन भनेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ९ : १६ बजे

मोदीखोलाको बाढीले भत्काएको बिरेठाँटी सडक सञ्चालन, घान्द्रुक जाने बाटो खुल्यो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोज्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय