२५ आश्विन २०८३, आइतबार | October 12, 2026

यस्तो छ रातो खुर्सानी खानुको फाइदा



काठमाडौं । स्वस्थ्य रहनका लागि र आफ्नो दीर्घायुका लागि मानिसले हरेक उपाय अपनाइरहेका हुन्छन् । यसैबीच लामो आयुका लागि रातो खुसार्नीको प्रयोग गर्नु पर्ने तथ्य फेला परेको छ ।

खुर्सानी खानाले आयु लामो हुने कुरा तपाई पत्याउनु हुन्छ कि हुन्न तर एक अनुसन्धानबाट भने रातो खुसानी खाने मानिसको आयु लामो हुने तथ्य फेला परेको छ ।

अमेरिकाको लर्नर कलेज अफ मेडिसिनमा युनिभर्सीटी अफ भर्मन्टका शोधकर्ताहरुले रातो खुर्सानी खाने मानिसको आयू सामान्यभन्दा १३ प्रतिशत लामो हुने निष्कर्ष निकालेका छन् ।

शोधकर्ताका अनुसार रातो खुर्सानी सेवन गर्ने मानिसको शरीर कोलेस्ट्रोलको मात्रा कम हुने गर्दछ भने यसले हृदयघात हुनबाट जोगाउँछ । उनीहरुले राष्ट्रिय स्वास्थ्य तथा पोषण विभागको सहकार्यमा करीब १६ हजार अमेरिकनहरु माझमा २६ वर्ष लगाएर परीक्षण गरेका थिए ।

परीक्षणबाट ४ हजार ९ सय ४६ जना चाडैं उमेरभन्दा चाडै बित्ते भने ११ हजार मानिसहरु (जसले नियमित खोर्सानी खाँदै आइरहेका थिए) बाँचिरहेका छन् ।

अनुसन्धानमा संलग्न मेडिकल विद्यार्थी मुस्ताफा चोपान र मेडिसिनका प्राध्यापक बेन्जामिन लिट्टेनबर्गले लिएको डाटा संकलनबाट यस्तो तथ्य आएको हो । उनीहरुका अनुसार रातो खुर्सानी खानेमा युवा उमेरका व्यक्ति, पुरुष, मेक्सिकन,अमेरिकन नागरिकहरु रहने गरेका छन् ।

 

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ६ : २२ बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

पोखरा । पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

घटस्थापनामा नेपालगन्जमा धमाधम नयाँ ब्यवसाय

नेपालगन्ज । घटस्थापनाको साईत जुराएर नेपालगन्जमा व्यवसायीहरुले धमाधम आफ्नो नयाँ

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता

ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँच हजार ५०० मतगणना

खजुरामा जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु, न्यू हिमालयनको विजयी सुरुवात

नेपालगन्ज । बाँकेको खजुरामा बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु