६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

आजको मौसम : पहाडी क्षेत्रको केही स्थानमा मेघगर्जन र चट्ट्याङ सहित हल्का वर्षाको सम्भावना



काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ ।

देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन तथा चट्ट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्ट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ७ : १८ बजे

वर्षाले काठमाडौंमा अत्याधिक ट्राफिक जाम

काठमाडौं । काठमाडौंमा हुरीबताससहितको वर्षा जारी रहँदा सहरका विभिन्न सडकखण्डमा

होर्मुज जलमार्गबाट इरानी सुरक्षाकर्मीले पक्राउ गरेका नेपाली अमृत झा रहेको पुष्टि

काठमाडौं । इरानको सुरक्षा निकायले होर्मुज जलडमरु क्षेत्रमा पक्राउ गरेको

काठमाडौंमा हुरीबतासहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । काठमाडौंमा केही समयदेखि हुरीबतासहितको वर्षा जारी रहेको छ

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

सिरहा । सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसनको कार्यालयमा

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचनलाई सफल