३ आश्विन २०८३, शनिबार | September 19, 2026

कांग्रेस नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै



काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । नर्भिक अस्पतालमा उपचाररत जोशीको अवस्था गम्भीर रहको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

केही मिडियामा जोशीको निधन भनेर आएका खबरहरु झुटो भएको र उनको अहिले उपचार भइरहेको जोशीको उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले बताए । झाले भने, उहाँलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ, बाहिर जेजति हल्ला आएका छन्, त्यसको सत्यता छैन ।

अस्पतालका अनुसार जोशीको ब्रेनमा समस्या देखिएको छ । प्रेसर लो छ भने फोक्सो र मुटुको चाल अहिलेसम्म स्थिर रहेको छ । जोशीको उपचार भइरहेकाले अपुष्ट हल्लाको पछि नलाग्न अस्पतालले आग्रह गरेको छ ।

नेपाली कांग्रेसकी नेतृ एवं पूर्व उपसभापति प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहले पनि जोशीको निधन नभएको जानकारी दिएकी छन् । सामाजिक सञ्जालमार्फत उनले जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उल्लेख गरेकी छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ८ : ०० बजे

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज

आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको परिणामस्वरुप २०७२