२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

एमालेमा आएको विग्रह र वितण्डाको मुख्य जिम्मेवार प्रधानमन्त्री ओली हुन् : वरिष्ठ नेता नेपाल



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले भित्र आएको बिग्रह र बितण्डाको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनु पर्ने बताएका छन् ।

बुधबार एमालेको नेपाल पक्षले गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले ओलीकै कारण पार्टीमा वितण्डा मच्चिएको बताए । उनले पार्टीभित्र भएको विग्रह र वितण्डाको मुख्य कारक नै ओली भएको बताए ।

उनले ओलीकै कारण पार्टीमा वितण्डा मच्चिएको र पार्टी विभाजन र विसर्जनको दिशामा पुगेको आरोप लगाउँदै अनेपेक्षितरुपमा सवोच्चले एमाले ब्युँताईदिएपछि सबेकुरा बिर्सेर शुन्यबाट पार्टी निर्माण गरौं भन्दा ओली नमानेको बताए ।

अहिले सबैको जिम्मेवारी कम्युनिष्ट आन्दोलन बचाउने भएको बताउँदै नेपालले एमाले बचाउन बिधि, बिधान, सिद्धान्तलाई आत्मसाथ गर्न आवश्यक रहेको बताए । पार्टीलाई ब्यापक लोकतान्त्रिकरण गर्दै समाजबादको बाटो तय गर्नु एमालेको कार्यभार भएको बताउँदै त्यसलाई साकार पार्नु सबैको कर्तब्य भएको बताए ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  २ : २५ बजे

म विरुद्ध छानबिन समिति बनाउने कुनै आधार छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले

राज्यका निकायले निजी क्षेत्रलाई तर्साउने र निरुत्साहित गर्ने काम गर्दैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारका तर्फबाट निजी क्षेत्रलाई निरुत्साहित

६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट

बुटवल । मातातिर्थ औंशी का अवसरमा लुम्बिनी केबलकारले ६० वर्षमाथिका

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटो,

साढे सात महिनापछि पर्याप्त वर्षा, किसानलाई राहत

पर्वत । साढे सात महिना लामो अवधिपछि वर्षा भएपछि पर्वतका