१९ श्रावण २०८३, मंगलबार | August 5, 2026

विद्यार्थीमा भाइरल ज्वरो : तीन विद्यालय बन्द



डोटी । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–६ गगुडामा भाइरल ज्वरो फैलिएपछि तीन विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ ।

विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएका कारण गगुडामा रहेका मष्टेश्वर माध्यमिक विद्यालय, वाल्मीकि आधारभूत विद्यालय र सिउँडी आधारभूत विद्यालय बन्द गरिएको शिक्षक चक्रबहादुर चन्दले जानकारी दिए । उनका अनुसार विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएपछि अरु विद्यार्थीलाई नसरोस् भनेर विद्यालय बन्द गरिएको हो ।

विद्यालयमा विद्यार्थी आउनै नसक्ने र आएका विद्यार्थीमा पनि भाइरल ज्वरोको सङ्क्रमण तीव्ररुपमा फैलिएपछि त्यसको रोकथामका लागि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको वडाध्यक्ष वीरेन्द्र चन्दले जानकारी दिए ।

विद्यार्थीमा ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्नेजस्ता समस्या देखिन थालेका छन् । विद्यालयले गाउँपालिकाको शिक्षा शाखालाई जानकारी गराएर विद्यालय बन्द गराएको शिक्षक चन्दले बताए । रासस

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ५ : ५१ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा