३ पुस २०८२, बिहिबार | December 18, 2025

माधव-झलनाथ पक्षीय सांसदहरुको अलग्गै बैठक



काठमाडौं । राष्ट्रिय भेलामा व्यस्त भएकै बेलामा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक राखेपछि माधव-झलनाथ पक्षले आफुनिकट सांसदहरुको भेला राखेका छन् ।

बैठक राष्ट्रिय भेला भैरहेकै स्थल ललितपुरस्थित हेरिटेड गार्डेनमा बोलाइएको छ ।

ओलीले बोलाएको संसदीय दल बैठक बहिस्कार गर्ने बताइसकेको माधव-झलनाथ पक्षले सांसदहरुसँग नयाँ परिस्थितिबारे सुझाव माग्ने जनाएको छ ।

बालुवाटारमा बस्ने संसदीय दलको बैठकमा उपस्थित नहुन माधव-झलनाथ पक्षले निकट सांसदहरुलाई सूचित गरिसकेको छ ।

यो पक्षका सांसदहरु समेत राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी भएएका छन् ।

ओली पक्षले भने आजको संसदीय दल बैठकमा उपस्थित नहुने सांसदहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । प्रधानमन्त्री ओलीले बुधबारसाँझ एक अनलाइनलाई अन्तर्वार्ता दिँदै पार्टीमा गुट खडा गर्नेहरु विरुद्ध एक एक गरी कारवाही गर्ने चेतावनी दिएका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  १० : २३ बजे

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको