२७ बैशाख २०८३, आइतबार | May 10, 2026

कांग्रेस प्रवक्ता भन्छन्, – सरकारको नेतृत्व गर्न गणितीय समीकरण अनुकुल बनिसकेको छैन



काठमाडौं । नेपाली कांग्रेसले सरकारको नेतृत्व लिनका लागि राजनीतिक वातावरण नबनिसकेको प्रतिक्रिया दिएको छ ।

प्रधानमन्त्री पदको लालसा पनि पाल्ने र सरकारको नेतृत्वका लागि अग्रसर पनि नहुने भन्ने आरोप लागिरहेका बेला कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले तात्कालिन अवस्थामा सरकारको नेतृत्व लिन अग्रसर हुने किसिमको राजनीतिक वातावरण नबनिसकेको प्रतिक्रिया दिएका हुन् ।

प्रवक्ता विश्वप्रकाश शर्मा

प्रवक्ता शर्माले सभापति देउवालाई प्रधानमन्त्री पद एकदमै चाहिएको भन्ने कुरामा सत्यता नभएको बताए । यद्यपी, परिस्थिति बनेको अवस्थामा प्रधानमन्त्रीको पदीय जिम्मेवारी लिनबाट पनि नभाग्ने मनस्थितिमा सभापति रहेको उनले स्पष्ट पारे ।

शर्माले आफैसंग भएको सांसद संख्या र अन्य दलहरुभित्र भएको अन्तरकलह र त्यसको परिणामको स्पष्ट तस्वीर बाहिर आईनसकेकाले पार्टीले पनि धारणा तय नगरेको जिकिर गरे ।

बिहीबार सानेपास्थित पार्टी कार्यालयमा न्युज एजेन्सी नेपालका प्रतिनिधिलाई संक्षिप्त प्रतिक्रिया दिदै प्रवक्ता शर्माले सरकार गठनका लागि आवश्यक गणितको विश्लेषणपछि मात्र पार्टी निर्णयमा पुग्ने जनाए ।

उनले भने, “गणितीय रुपमा नेपाली कांग्रेस पार्टीलाई नै प्रस्तावित गरेको अवस्था नबनिकन प्रधानमन्त्री पदका लागि दौरासुरवालमा आइरन गरिहाल्ने बेला भएको छ भन्ने हामी मान्दैनौ ।” उनले कांग्रेसले दबाबको आधारमा हतारमा निर्णय नगर्ने स्पष्ट पारे ।

प्रवक्ता शर्माले वर्तमान राजनीतिक अवस्थाले नेपाली कांग्रेस पार्टीले सरकारको नेतृत्व खोजिरहेको भएपनि राजनीतिक गणित त्यो ढंगले विकसित नभएको तर्क गरे । राजनीतिक वृतमा चर्चा भएजस्तो वास्तवमै प्रतिगमन तिर लैजाने प्रधानमन्त्रीलाई विदाई गर्ने हो भने सबै दलहरु प्रधान एजेण्डाका साथ आउनुपर्ने धारणा उनले राखे ।

नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, जनता समाजवादी पार्टीभित्र पनि अन्तरसंघर्ष चलिरहेको र उनीहरुले पनि आ–आफ्नो राजनीतिक अडान सार्वजनिक नगर्दे कांग्रेस निर्णयमा पुग्नु गलत हुने प्रवक्ता शर्माले जिकर गरे ।

शर्माका अनुसार प्रधानमन्त्री पदले नेपाली कांग्रेस पार्टीको ढोका ढकढकाएको छ । तर, त्यसका लागि चाहिने पर्याप्त गणितको लागि चाहिने पृष्ठभूमि र त्यहाँभित्रको वातावरण सही ढंगले विकसित नभइरहेको अवस्थामा नेपाली कांग्रेस पार्टी सत्ताको नेतृत्वमा धेरै अग्रसरता नलिने भन्नेमा छ ।

 

 

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ४ : ३० बजे

धनुषामा यात्रुवाहक बस दुर्घटना, १७ जना घाइते

काठमाडौं । काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुवाहक बस धनुषामा दुर्घटना

पारिस्थितिकी र अर्थतन्त्र प्रतिद्वन्द्वी होइनन्, सहयात्री हुन्

आधुनिक इतिहासको अधिकांश समयसम्म विश्व एउटा यस्तो विश्वासमा चल्यो कि

बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध

काठमाडौं । यही वैशाख २६ गतेको बेमौसमी वर्षापछिको बाढीका कारण

रास्वपाको सचिवालय बैठक आज, अधिवेशन तालिकादेखि अनुशासनात्मक कारबाहीसम्म छलफल हुने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा । भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली