१४ चैत्र २०८२, शनिबार | March 28, 2026

माओवादी केन्द्रको युवा संगठन ‘वाईसीयल’ पुनः सक्रिय, जेठ २८–३० मा राष्ट्रिय भेला गर्ने



काठमाडौं। माओवादी केन्द्रको सहायक संगठन योङ कम्यूनिष्ट लिग नेपाल (वाईसीएल) पुनः सक्रिय भएको छ ।

सर्वोच्च अदालतले नेकपा खारेज गर्दै नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि सो पार्टीको युवा संगठान पनि स्वतः सक्रिय बनेको हो । वाईसीएलले आगामी जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने भएको छ ।

काठमाडौंमा चैत्र ४ र ५ गते बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो । भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने वाइसीएलका सचिव पुष्प ओलीले बताएका छन् ।

संगठनलाई चलायमान गराउनका लागि भन्दै राष्ट्रिय भेला अगावै टोल कमिटीदेखि प्रदेश कमिटी सम्मका भेलाहरु आयोजना हुने र राष्ट्रिय भेलाका प्रतिनिधिहरु प्रदेश भेलाबाट चुनिएर आउने सचिव ओलीले बताए ।

बैठकले राष्ट्रिय भेला अगावै दुई लाख नयाँ सदस्यता विस्तार गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ५ : २९ बजे

राजनीतिक प्रतिशोधविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्छु : रमेश लेखक

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले आफूलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहका

दाउन्नेको घ्यूखोलाबाट बस र ट्रक खोलामा खस्दा ३ जनाको मृत्यु, १५ घाइते

बुटवल । दाउन्ने क्षेत्रमा भीषण सवारी दुर्घटना हुँदा तीन जनाको

ओली-लेखक पक्राउप्रति कमल थापाको आपत्ति : ‘सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्यो’

काठमाडौं । राष्ट्रिय प्रजातान्त्र पार्टीका नेता कमल थापाले पूर्वप्रधानमन्त्री केपी

ओली पक्राउपछि एमालेको आकस्मिक सचिवालय बैठक आह्वान

काठमाडौं । बालेन्द्र सरकारले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ परेपछि

ओली-लेखक पक्राउबारे संविधानविद् निलाम्बर आचार्यको टिप्पणी : प्रतिसोध र धरपकडले भलो गर्दैन

काठमाडौं । निलाम्बर आचार्यले पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै प्रतिशोध