२२ बैशाख २०८१, शनिबार | May 4, 2024

नेकपा एमाले नेपाल पक्षले पार्टी कमिटी ब्युँताउने



काठमाडौं । एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टीका सबै कमिटी र संगठन ब्युँताउने भएको छ । उक्त पक्षको बिहीबार सकिएको दुईदिने राष्ट्रिय कार्यकर्ता भेलाले माओवादी केन्द्रसँगको एकतापूर्वको पार्टी कमिटी ब्युँताएर अघि बढ्ने निर्णय गरेको हो ।

भेलाले १७ बुँदे घोषणापत्र जारी गर्दै फागुन २८ गते पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आफू पक्षधर केन्द्रीय कमिटीका सबै निर्णय रद्द गर्न माग गरेको छ । वरिष्ठ नेता नेपालले भेलालाई सम्बोधन गर्दै आफू पार्टी विभाजनको पक्षमा नरहेको बताएका थिए । ‘मुन्ट्याएरै निकाल्न खोजेछन् भने पनि अन्तिम दमसम्म लड्छौं’, नेता नेपालले भने । स्थानीय जनप्रतिनिधिलाई पनि कारबाहीको धम्की दिइएको नेपालले बताए । उनले भने, ‘हटाउने हो भने हामीलाई हटाएर देखाऊन् । हामी तयार छौं ।’

उपमहासचिव घनश्याम भुसालले जनसंगठन र पार्टी कमिटी जेठ २ पूर्वकै अवस्थामा फर्काइने घोषणा गरे । ‘पार्टीका धेरै कमिटीमा हाम्रै साथीहरू हुनुहुन्छ । हामी आधिकारिक हौं, उनीहरू (ओली पक्ष) समानान्तर हुन, गुटबन्दी हुन’, नेता भुसालले भने ।

एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भएको थियो । अदालतको आदेशपछि पार्टीका सबै कमिटी, सम्बद्ध जनसंगठन र पेसागत संगठनलगायत सबै संरचना माओवादी केन्द्रसँगको एकीकरणपूर्वको स्थितिबाट विधिसम्मत सञ्चालन र क्रियाशील तुल्याउनु कानुनसम्मत र पद्धतिसम्मत हुने भेलाको निष्कर्ष छ ।

‘पार्टीलाई विधान, विधि र पद्धतिअनुरूप सञ्चालन गरेर मात्र नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाउन सकिन्छ’, घोषणापत्रमा लेखिएको छ, ‘यसलाई क्षतविक्षत तुल्याउँदै राष्ट्रिय स्वाधीनतालाई समेत कमजोर बनाउने सबै प्रकारका षडयन्त्रलाई विफल गर्दै नेकपा (एमाले) लाई एकताबद्ध र सुदृढ बनाउन सकिन्छ ।’ सचिव योगेश भट्टराईले जेठ २ पूर्वका कमिटीमाथि प्रधानमन्त्री ओलीले षड्यन्त्र गरिरहेको आरोप लगाउँदै त्यसलाई मान्यता नदिने बताए ।

भेलाले एमालेको एकता जोगाउन अध्यक्ष ओलीले फागुन २८ गते एकपक्षीय रूपमा गरेका केन्द्रीय कमिटीका निर्णय रद्द गर्नुपर्ने निष्कर्ष निकालेको छ । नेपाल-खनाल पक्षलाई जानकारी नदिई महासचिवबाहेक पार्टीका अरू पदाधिकारी हटाउने, नेताहरूको जिम्मेवारी हेरफेर गर्ने र माओवादी केन्द्रमा नफर्केका नेताहरूलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय भएको थियो ।

‘यसप्रकारको कार्य सर्वोच्च अदालतको फैसलाको मर्मविपरीत तथा नेकपा (एमाले) को एकतामा भाँजो हाली पार्टीलाई विभाजन गर्दै अन्ततः नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर तुल्याउने र विसर्जन गर्नेतर्फ परिलक्षित रहेको छर्लंगै छ’, घोषणापत्रमा लेखिएको छ, ‘अतः पार्टी विधान, पद्धति र नेकपा (एमाले) को सिद्धान्त, नीति र अभ्यासविपरीत अध्यक्ष पदमा रहनुभएका केपी शर्मा ओलीको तर्फबाट भएका कथित निर्णय र कामलाई यो भेला पूर्णतः अस्वीकार गर्दछ ।’ फागुन २८ गतेका निर्णय सच्याएर स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाउन भेलाले पार्टी अध्यक्ष ओलीसँग आग्रह गरेको छ । उक्त समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ६ : ५६ बजे

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

चितवन । गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न

सूचनाको हक लोकतन्त्रप्रति भरोसा जगाउने उपयुक्त औजार : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकतन्त्रप्रति जनताको भरोसा

टी-२० विश्वकप खेल्ने नेपाली टिम आइतबार अमेरिका जाँदै

काठमाडौं । टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टिमको बिदाइ

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार वैशाख २३

रास्वपाले पार्टी स्थापनादेखिकै समिक्षा गर्ने, महामन्त्रीलाई प्रतिवेदन बनाउने जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनको