१७ असार २०८३, बुधबार | July 1, 2026

कार्यकर्तालाई नेपालको आग्रह, – ओलीले कसैको पद खोस्न सक्दैनन्, हिम्मतका साथ सक्रिय बन्नुहोस



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफुहरु पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेका छन् ।

अखिल नेपाल महिला संघ राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार काठमाडौमा सम्बोधन गर्दै नेता नेपालले आफुहरु पार्टी फुटाउने कल्पना गर्न पनि नसक्ने बताए । नेपालले राष्ट्रिय भेलामा पनि आफुहरुले पार्टी फुटाउने कुरा नगरेको बताउँदै पार्टीलाई सर्वोच्च अदालतको आदेशअनुसार २०७५ जेठ २ गतेको अवस्थामा भने फर्काउनैपर्ने जिकिर गरे ।

नेपालले आफुहरु सधै पार्टी एकताको पक्षमा रहेको बताउँदै अदालतको फैसला अनुसार पुरानै स्थितिमा फर्कनु परेपछि २०७५ जेठ २ गतेको अवस्थामा पार्टीका संबै संरचनालाई यथावत सक्रिय पार्न अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली तयार नभएको आरोप लगाए । ओलीको अटेरीकै कारण समस्या देखिएको उनले बताए । राष्ट्रिय कार्यकर्ता भेलामा सहभागीलाई कारवाही गर्ने भन्दै ओलीले चेतावनी दिए पनि उनले कसैको पनि पद र जिम्मेवारी खोस्न नसक्ने नेपालले दाबी गरे । नेपालले कार्यकर्ताहरुलाई धैर्यता र हिम्मतका साथ पार्टी एकताको पक्षमा उभिन निर्देशन दिए ।

नेपालले भने, “२०७५ साल जेठ ३ गते दुईवटा पार्टी एकतावद्ध भए । एकतावद्ध हुनुभन्दा पहिले जेठ २ गतेसम्म जुनजुन संरचना थिए, जो जो पदाधिकारी, सदस्य थिए । ती सबैलाई यथावत रुपमा जिम्मा दिनुपर्छ । पार्टी एकतावद्ध भएर अघि बढाउनुपर्छ । तपाईहरु एमाले पार्टीको हुन्जेल कसैले तपाईको पद खोस्न सक्तैन ।”

नेता नेपालले सांसदहरुको सवालमा के कस्तो हुनसक्छ भनेर आफुहरुले परामर्श गरिरहेकाले नआत्तिईकन कम्युनिष्ट एकताको आन्दोलनमा लाग्न पनि निर्देशन दिए ।

चैत ४ र ५ गते सम्पन्न राष्ट्रिय भेलाले एमाले पार्टीमा समानान्तर कमिटी सक्रिय बनाउने निर्णय गरेको थियो । माधव पक्षले विभिन्न जनवर्गीय संगठनहरुका भेला आयोजना गर्न सुरु गरिसकेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ६ : ३२ बजे

मेसीसँग बराबरी गर्दै एम्बाप्पे गोल्डेन बुटको दौडमा

काठमाडौं । कप्तान किलियन एम्बाप्पेको दुई गोल र माइकल ओलिसेको

बागलुङमा कुकुरलाई ‘होस्टेल’

बागलुङ । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय सुविधासहित

परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको

म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा

म्याग्दी । म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितता तथा

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले घरघरबाट सङ्कलन हुने