३ आश्विन २०८३, शनिबार | September 19, 2026

कांग्रेस नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले दिएको १० लाख रकम परिवारद्वारा लिन अस्वीकार



काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले दिने भनेको १० लाख रूपैयाँ सहयोग लिन जोशी परिवारले अस्वीकार गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले जोशीको उपचारका लागि उक्त परिमाणको रकम दिने निर्णय गरेको थियो । जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले जोशी परिवारले सरकारले उपचारका लागि दिने भनेको १० लाख रकम लिन अस्वीकार गरेको बताए । सहयोग रकम लिन आउनू भनी प्रधानमन्त्रीको कार्यालयबाट फोन आएको तर परिवारजनले सो रकम लिन अस्वीकार गरेको उनले बताए ।

फागुन १४ मा मस्तिष्कघात भएपछि उपचाररत जोशीलाई भेट्न शुक्रबार निर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वरपोखरेलले पनि सरकारका तर्फबाट १० लाख सहयोग उपलब्ध गराउने निर्णय भएको जोशी परिवारलाई जानकारी गराएका थिए ।

सहयोग रकम किन अस्वीकार गरियो भन्ने नखुले पनि स्वकीय सचिव पाण्डेले नेता जोशीले विभिन्न ठाउँमा लाखौंको अक्षयकोष स्थापना गरिसकेको र सरकारले घोषणा गरेको रकमले औषधि पनि किन्न नपुग्ने प्रतिक्रिया दिए ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ३ : ४२ बजे

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज