२२ बैशाख २०८१, शनिबार | May 4, 2024

नेकपा भंग गर्ने सर्वोच्चको फैसला पुनरावलोकन गर्न कानुनविदहरुद्वारा माओवादी केन्द्रलाई सुझाव



काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी खारेज गर्ने सर्वोच्च अदालतको फैसलाबारे कानुनविदहरुसँग छलफल गरेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा माओवादी केन्द्रका नेताहरुले सर्वोच्चको फैसला, सरकारको हालको हैसियत, सरकारलाई समर्थन फिर्ता गर्दाको अवस्था, अविश्वासको प्रस्ताव दर्ता गर्दा या नगर्दाको अवस्थाबारे कानुन व्यवसायीहरुसँग छलफल गरेका हुन् ।

सर्वोच्च अदालतले साविकको नेपाल कम्युनिष्ट पार्टी नेकपा भंग गर्दै पूर्ववत पार्टी नेकपा माओवादी केन्द्र र नेकपा एमाले ब्युँताइदिएको थियो ।

कानुन व्यवसायीहरुले नेकपा भंग गराउने सर्वोच्चको फैसलामा पुनरावलोकन गर्न सक्ने आधारहरु धेरै रहेको बताउँदै पुनरवलोकनमा जान सुझाव दिएका छन् ।

छलफलपछि राष्ट्रिय सभाका सांसद एवं अधिवक्ता रामनारायण विडारीले भने, ‘यत्रो पल्टिकल कुरा, राजनीतिक दलको कुरा, राजनीतिक दल तोडफोड भएको कुरा, एकता भंग भएको कुरा, नेपालको राजनीतिमा उथपुथल भएको कुरा र जति मागदाबी थियो, त्योभन्दा बढी लेखेको कुरा, भन्न नपर्ने कुरा भनेको कुरा, कतैबाट निर्देशित भएको आभास आउने कुरा भएकाले रिभ्यू गर्ने कुरामा हामीले एकमतले सुझाव दिएका छौं।’

विडारीले अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रक्रिया, समर्थन फिर्ताको प्रक्रिया, प्रधानमन्त्रीले विस्वासको मत कसरी लिन्छन्, अहिलेको सरकारको हैसियत के हुन्छ, आदिजस्ता विषयमा पनि सुझाव दिएको बताए ।

छलफलमा कानुनविद्हरु शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, मुक्ति प्रधान, रामनारायण विडारी सहभागी थिए ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ११ : २६ बजे

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो

काठमाडौं । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ ।

गौशालाका गाई गोरुलाई निलकण्ठ आमा समुहको दानापानी

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित शिवनगर सामुदायिक

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी सुरु

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तराष्ट्रिय

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ