२० बैशाख २०८१, बिहिबार | May 3, 2024

बाँके निकुञ्जको लापरवाही : नरभक्षी पाटेबाघ निकुञ्जको खोर भत्काएर जंङ्गल पस्यो



नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जको लापरवाहीका कारण बर्दियाबाट नियन्त्रणमा लिएर होल्डिङमा राख्न बाँके पठाइृएको नरभक्षी बाघ नियन्त्रण तोडेर भागेको छ । निकुन्जले बलियो सुरक्षा प्रबन्ध मिलाउन नसक्दा नियन्त्रणमा रहेको नरभक्षी पाटेबाघ निकुन्ज कै खोरबाट भागेको हो । बर्दियामा लगातार स्थानीबासीलाई आक्रमण गरि नागरिकको ज्यान जान थालेपछि उक्त बाघलाई नियन्त्रण गरी बाँके राष्ट्रिय निकुञ्जको बाघ होल्डिङ सेन्टरमा राखिएको थियो ।

बर्दियाबाट बाँके ल्याएर राखेको बाघ खोरबाटै भागेपछि निकुञ्जले जंङ्गलभित्र नजान स्थानियलाई आग्रह गरेको छ । बाघ भागेको बिषयमा सम्पर्क गर्न खोज्दा निकुञ्जका वार्डेन श्याम कुमार शाहको फोन उठेन । होल्डिङ सेन्टरको खोरको ३ वटा डण्डी भाँचेर बाघ नियन्त्रण बाहिर पुगेको बताईएको छ ।

बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकृत महेश न्यौपानेका अनुसार आज बिहान ५ बजे सम्म होल्डिङ सेन्टरमा जडित क्यामेरामा बाघको फोटो कैद भएपनि ७ बजेको आसपासमा खोर भत्काएर बाघ जङ्ंगल तर्फ लागेको थियो ।

बर्दियामा लगातार मान्छेमाथि आक्रमण हुन थालेपछि निकुञ्ज पशासनले बाघ नियन्त्रणमा लिएर गत ५ गते बाँके निकुञ्ज स्थित होल्डिङ सेन्टरमा सो बाघ पठाएको थियो ।

लगातार होल्डिङ सेन्टरमा रहँदा बाघ निकै आक्रमक देखिएको र उत्तेजित बाघले पटक पटक खोर भत्काउन प्रयास गरेको सुचना अधिकृत न्यौपानेले बताए ।

नरभक्षी बाघ खोर बाहिर निस्केपछि निकुञ्ज क्षेत्रमा र त्यस आसपासमा बाहिर ननिस्कन भन्दै राप्ती सोनारी गाँउपालिकाले माईकिंङ गरेर सुचना गरिरहेको छ भने बाँके निकुञ्जका सुचना अधिकृत न्यौपाने पनि घर बाहिर ननिस्कन र मोटरसाईकल, साईकलको यात्रा नगर्न आग्रह गरेको छ ।

गत बिहीवार बर्दियाबाट बाँकेमा ल्याईएको बाघले बर्दिया राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रका धेरै स्थानियलाई आक्रमणगर्दा ६ जना बढी स्थानीयको ज्यान गईसकेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ७ : ५१ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक