६ श्रावण २०८३, बुधबार | July 22, 2026

दुई नाबालिकालाई ९ दिनदेखि बन्धक बनाई करणी गर्ने दुई जना पक्राउ



रुकुम । दुई बालिकालाई अपहरण गरी ९ दिन सम्म शरीर बन्धक राखेर जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई रुकुम प्रहरीले पक्राउ गरेको छ ।

रुकुम –पूर्वमा १४ र १५ वर्षका दुई बालिकालाई अपहरण गरी बिगत ९ दिनदेखि शरीर बन्धक बनाएर करणी गरेको भन्दै प्रहरीले स्थानीय दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीले बालिका अपहरणको अभियोगमा रुकुमकोटका स्थानीय २३ वर्षका पुरुष र १४ वर्षका बालकलाई पक्राउ गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक (डिएसपी) गणेशबहादुर श्रेष्ठले बताए । प्रहरीका अनुसार अपहरण गर्ने उनिहरुलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

चैत्रको १ गते घरबाट हराएका ती बालिकाहरु हराएको सम्बन्धमा हराएको १ सातापछि मात्र प्रहरीमा उजुरी आएको डीएसपी श्रेष्ठले बताए । उजुरीका आधारमा प्रहरीले खोजतलास गर्दा एक नाबालक किशोर सहित अर्का एकजनाले उनीहरुलाई कोठामा बन्धक बनाई राखेको अवस्थामा फेला पारेको डिएसपी श्रेष्ठले बताए ।

बालिकाहरुले प्रहरीलाई करणी भएको बयान दिएको आधारमा उनीहरुमाथि अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणीको अभियोगमा मुद्दा दर्ता गर्ने प्रहरीले तयारी गरेको छ । प्रारम्भिक स्वास्थ्य परीक्षणमा बालिकाहरु स्वस्थ रहेको भएपनि करणीका सम्बन्धमा जिल्ला अस्पतालबाट रिपोर्ट आई नसकेको श्रेष्ठले बताए ।

पक्राउ परेका २३ वर्षिय पुरुष पनि १४ वर्षीय नाबालकको अपराधसँगै जोडिएर आउने भएका कारण नाम खुलाउन नमिल्ने डीएसपी रुेष्ठले बताए । १ गते अपहरण गरेर कोठामा बन्धक बनाएर राखेको दिनबाटै बालिकामाथी करणी हुदै आएको अनुसन्धानबाट खुल्न आएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

उद्दार गरिएका बालिकाहरुले बिहान ५ बजेको समयमा दिसा पिसाब गराउनको लागि आफै शौचालय लैजाने र दिन भरी कोठामा थुनेर राख्ने गरेको प्रहरीलाई बताएका छन् । बालीकाहरु रुने, चिच्याउने गरेमा विभिन्न धम्की दिएर चुप लाग्न बाध्य पारिने गरेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ९ : ४७ बजे

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन