१७ बैशाख २०८१, सोमबार | April 30, 2024

नेपालको जवाफले बढायो समस्या : ओली-नेपाल सम्बन्ध टुट्ने अवस्थामा



काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरूले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार बुझाएको जवाफीपत्रले समस्या समाधान गर्नुभन्दा झनै बल्झाउने स्थिति देखिएको छ ।

एमालेको केही दिनअघि सम्पन्न केन्द्रीय कमिटीको बैठकले नेताहरू माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले पार्टी अनुशासन विपरीत काम गरको भन्दै उनीहरूलाई तीनदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

सोहीबमोजिम पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिनुको साटो वरिष्ठ नेता नेपाललगायतका नेताहरूले उल्टै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई गम्भीर आरोप लगाउँदै पत्र लेखेपछि पार्टी फुटको संघारमा पुगेको हो ।

स्पष्टीकरणको जवाफपछि पार्टी एक हुन सक्ने आशामा रहेका आमकार्यकर्ता नेपाललगायतका नेताहरूको जवाफपछि असन्तुष्ट र निराश बनेका छन् । योसँगै अब ओली-नेपालको सम्बन्ध टुट्ने अवस्थामा पुगेको छ ।

नेपालको जवाफी पत्र पछि उनीमाथि थप कारबाही हुने प्रधानमन्त्री निकट स्रोतले बताएको छ । ‘नेपालहरूले पार्टीबाट अलग हुने मनसायका साथ अध्यक्षलाई अराजनीतिक आरोप लगाउँदै पत्र लेखेका छन्, त्यसैले उनीहरूमाथि अनुशासन उल्लंघनमा कठोर कारबाही हुनेछ,’ अध्यक्ष ओलीनिकट एक नेताले राजधानीसँग भने । एमालेका वरिष्ठ नेता नेपालको आफ्नै अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध टुट्ने अवस्थामा पुगेको भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’सँगको सम्बन्ध भने अझै गाढा देखिएको छ ।

नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’बीच बिहीबार छलफल भएको छ । दुई नेताको छलफलमा २३ फागुनमा सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र छुटिएकोमा पुनरावलोकनमा जाने सहमति भएको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ६ : ५२ बजे

तेस्रो लगानी सम्मेलन : ‘पर्यटनमा लगानीको ढोका खुल्यो’

काठमाडौं । मुगुको प्रसिद्ध रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल