१४ चैत्र २०८२, शनिबार | March 28, 2026

प्रतिगमन विरोधी दलहरुको सहकार्यमा सरकार बनाउनुको विकल्प छैन : अध्यक्ष यादव



बुटवल । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकार प्रतिगमनकारी भएको पुनः दाबी गरेका छन् ।

बुटवलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जसपा अध्यक्ष यादवले ओली सरकार प्रतिगमनकारी भएको आफ्नो पार्टीको आधिकारिक लाइन भएको प्रष्ट पारेका हुन् । अध्यक्ष यादवले विगतमा प्रतिगमन विरोधी दलहरूको सहकार्यमा सरकार बनाउनुको विकल्प नभएको स्पष्ट पारे ।

जसपामा ओली नेतृत्वको सरकालाई हेर्ने विषयमा अहिले अध्यक्ष यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षबीच विवाद रहेको छ । यादव नेतृत्वको पूर्व समाजवादी पार्टी पक्षले ओलीलाई कुनै पनि हालतमा साथ दिन नहुने बताउँदै आएको छ भने ठाकुर नेतृत्वको पूर्व राजपा पक्षले आफ्ना माग पुरा गरे ओलीलाई साथ दिन सकिने बताइरहेको छ ।

ठाकुर पक्षले ओली सरकारमा सामेल हुन ओली पक्षीय एमाले र सरकारसँग सघन वार्तामा बसिरहेको छ । तर, पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भने रेशम चौधरीको रिहाई भए पनि पार्टीले ओलीलाई समर्थन नगर्ने स्पष्ट पारे ।

यादवले संसदलाई विजनेश नदिएर असफल बनाउन प्रधानमन्त्री ओली क्रियाशिल भएको आरोप लगाए । यादवले भने, ओली जसरी पनि संसद सिध्याउने खेलमा लागेका छन् । अहिले पनि प्रतिगमनको खतरा कायम छ ।’ ओली नेतृत्वको सरकार नहटाएसम्म प्रतिगमनको खतरा भइरहने उनको भनाइ छ । उनले संविधानलाई मिचेर अध्यादेशबाट देश चलाउने प्रयास भैरहेको जिकिर गरे ।

ओली संघीयतालाई सिध्याउने र प्रदेशलाई अधिकारबिहीन बनाउन उद्दत रहेको यादवले आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्रीका ३ वर्ष संघीयता खारेजीमा केन्द्रित रह्यो । अनाहक मुलुकलाई अस्थिरतामा धकेलिएको छ ।

 

 

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ९ : ५६ बजे

ओली र लेखकको पक्राउप्रति देउवा पक्षको आपत्ति, रिहाइको माग

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्रीलाई शुभकामना दिँदै नेकपाले भन्यो – राजनीतिक पूर्वाग्रह गर्ने काम नहोस

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने

ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा

जनताले अनुभूति गर्नेगरी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनताले