२ पुस २०८२, बुधबार | December 17, 2025

एमालेका नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक जारी, आगामी रणनीतिबारे छलफल गर्दै



काठमाडौं । नेकपा एमालेका नेपाल खनाल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक जारी छ ।

काठमाडौंको कलंकीस्थित एक पार्टी प्यालेसमा सुरु भएको बैठकमा पार्टीभित्रको अवस्था र अबको रणनीतिबारे विशेष छलफल हुने बताइएको छ ।

पार्टीको संस्थापन पक्षले वरिष्ठ नेता नेपालसहित चार जना नेताहरुलाई स्पष्टीकरण सोधेपछि अबको रणनीतिबारे विशेष छलफल हुने एक नेताले बताए । ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफमा नेता नेपाल र भीम रावलले प्रतिप्रश्न गर्दै पत्र पठाइसकेका छन् । घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले पनि आफुहरुले पठाउने पत्र तयार पार्दै गरेको जनाएका छन् ।

बैठकमा आजै संस्थापन पक्षले बोलाएको संसदीय दलको बैठकमा जाने या नजाने भन्ने विषयमा पनि टुंगो लाग्नेछ । दिउँसो ३ बजे प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी बन्नुपर्ने धेरै जसो नेताहरुको राय रहेको छ ।

एमालेभित्र फागुन २३ यता चर्किएको अन्तसंघर्ष फुटको स्तरसम्म पुगेको छ । अध्यक्ष ओलीले नेपाल खनाल पक्षधरहरुलाई विगतमा नेकपा हुँदा आफुलाई असहयोग गरेको प्रतिशोध साँध्न निरन्तर पेलिरहेका छन् ।ओलीले नेपाल खनालहरु एमालेबाट छिटोभन्दा छिटो बाहिरिउन भन्ने नै चाहेका छन् ।

तर, नेपाल खनाल पक्षले भने अझै पनि ओली विरुद्ध पार्टीभित्रै अन्तर्सघर्ष गर्ने मनस्थितिमै रहेको छ । यद्यपी, पार्टी र जनवर्गीय संगठनका तल्लो कमिटीसम्म समानान्तर संरचना बनाउने क्रम भने जारी छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १२ : ५७ बजे

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि