१ पुस २०८२, मंगलबार | December 16, 2025

एमाले विवाद : संसदीय दल बैठकमा नेपाल पक्षधर सांसदहरु सहभागी हुने



काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्ष संसदीय दलको बैठकमा सहभागी हुने भएको छ ।

काठमाडौंको कलंकीस्थित एक पार्टी प्यालेसमा बसेको नेपाल पक्षधर केन्द्रीय सदस्यहरुको बैठकले संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आजै दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएका छन् ।

नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको बैठकले पार्टीको स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक बोलाउन माग गर्ने निर्णय समेत गरेको छ । यद्यपी, यो मागलाई ओली पक्षले ठाडै अस्वीकार गर्ने प्रष्टै छ ।

सर्वोच्च अदातलले नेकपा खारेज गर्दै गत फागुन २३ गते नेकपा एमाले ब्युँताइदिएपछि सो पार्टीमा ओली पक्ष र नेपाल खनाल पक्षबीच तिब्र अन्तर्संघर्ष चलिरहेको छ । अध्यक्ष एवं प्रधानमन्त्री ओलीले नेपाल पक्षधरहरुलाई पार्टीबाट निस्काशनको प्रक्रिया अघि बढाएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  २ : २६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज