१२ बैशाख २०८१, बुधबार | April 25, 2024

विगतका होली यसरी सम्झिन्छन् सेलिब्रेटीहरु



बुटवल । समयको परिवर्तनसँगै पर्वहरु मनाउने शैली पनि परिवर्तन हुँदै गएका छन् । परम्परामा मौलिक रुपमा मनाईने त्यस्ता चाडपर्वहरु बिस्तारै बिस्तारै यान्त्रिक बन्दै गएको छ । प्रविधिको विकासले जीवनयापनलाई सहज बनाए पनि मौलिकता र परम्परालाई भने आधुनिकताले विस्थापन गर्दै गएको छ ।

समयको बदलावसँगै होली पर्व पनि फरक हुँदै गएको छ । हरेक वर्ष होलीको रौनक पहिला जस्तो छैन । त्यसमा पनि अघिल्लो वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी नियन्त्रणमा नआएका कारण यस वर्ष पनि होलीले रौनक जमाउन नपाउने निश्चित भएको छ । गएको वर्ष चैत्र ११ देखि नै लकडाउन भएका कारण होली फिक्का भएको थियो भने यस वर्षपनि चैत्र लागेसँगै कोरोना संक्रमणको दर बढ्को छ । अहिले पनि कोरोना जोखिम फेरि बढेकाले होली नमनाउन सरकारले सूचना जारी गरिसकेको छ ।

होली आफैमा पनि सांस्कृतिक हिसाबले महत्वपूर्ण मानिन्छ । पहाडमा होलीका अवसरमा फागु गीत गाउने, सांगीतिक कार्यक्रम गर्ने, होलीका जलाउने जस्ता कार्यक्रमहरु हुने गर्दछन् भने तराईमा सांस्कृतिक कार्यक्रमसहित, मट्का फुटाउने, ब्यङ्ग कवि सम्मेलन (मुर्ख सम्मेलन) गर्ने, होलीका जलाउने जस्ता कार्यक्रमहरु गर्दै होली पर्व मनाईन्छ ।

विगत वर्षहरुमा नाम चलेका कलाकार तथा कार्यक्रम संचालकहरुलाई होलीमा भ्याई नभ्याई भएपनि अघिल्लो र यस वर्ष भने कलाकारहरु फुर्सदिला बनेका छन् । केहि लोकसर्जकहरुले होली गीत रेकर्डिङ गरेपनि धेरैजसो कलाकारहरु भने होलीमा बेरोजगार जस्ते बनेका छन् । होलीकै सन्दर्भमा खबरकुरा डटकमले विभिन्न सेलिब्रेटीहरुलाई उनीहरुको होलीको अनुभवका बारेमा प्रश्न गरेको थियो । प्रस्तुत छ उनीहरुको जवाफ जस्ताको तस्तै :

 

मञ्जु पौडेल (गायिका तथा कार्यक्रम संचालिका) :

पहिला पहिला गुल्मी बस्दा खासै होलि खेलिन । जब म बुटवल आएर रेडियोमा काम गर्न थाले । त्यहि बर्ष मैले तराईको होलीको अनुभव गरे । रेडियोमा होली खेलेर रमाईलो गरिन्थ्यो । साथीहरु संग । काठमाडौं आएर नि धेरै होली खेल्ने रमाउने गरियो । त्यसपछि होलिका कार्यक्रम चलाउने रम्माईलो हुन थाल्यो ।

सास्कृतिक हिसाबले होलीको महत्व पनि धेरै छ । होलिको लागि भनेर यो बर्ष होली गित पनि बजारमा आएको छ । सबैले माया गरिदिनुभएको छ, अझै पनि माया गरिदिनुहोला भन्न चहान्छु । होलीमा कार्यक्रम पनि थियो । तर कोभिड-१९ कोरोनाका कारण कार्यक्रम क्यान्सिल भयो । केही टेलिभिजन, रेडियोहरुको कार्यक्रमहरु छ त्यसमै जान्छु ।

 

हेमन्त शर्मा, गायक :

होलीमा पहिला पहिला जस्तो रौनक छैन । पोहर पनि रमाईलो भएन अहिले पनि रमाईलो छैन । कोरोनाको डर पनि उत्तिकै छ । यसपालि मेरो होलि साधारण तरिकाले मनाउने योजनामा छु । श्रीमतीलाई होलीको टिका लगाईदिने श्रीमतीको हातबाट पनि टिका लगाउने अनि ठूलो दाजू भाउजुकोमा जाने पारिवारिक रुपमा सुरक्षित भएर मनाउने हो ।

बाल्यकालका यस्ता कयौ होलिका रमाइला क्षण छन । त्यो त कहिल्यै भुलिदैन । रङ्ग खेल्ने लोला हान्ने रमाईलो हुन्थ्यो । तर होलीमा मलाई साँझपख भने अतिनै झ्याउ लाग्थ्यो । दिनभरी होली त रमाईलो हुन्थ्यो तर साझ नुहाउनुपर्ने कपालमा घाटीमा रंग नजादा पटक पटक नुहाउनु पर्थ्यो । एउटा होलीमा रंग खेल्दा हप्तौदिन सम्म पनि नुहाउनु पर्थ्यो । यस्ता रमाईला क्षण त धेरै छन ।

 

नबिन पौडेल, लोक गायक :

होलीमा त गएका बर्षहरुमा त निकै रमाईलो गरिन्थ्यो । साथीभाईको जमघट प्राय मैले कार्यक्रममै रमाईलो गर्थे साथीहरु संग । रंगहरु संगै खेल्थ्यौ पानी संगै रमाउथ्यौ तर यस बर्षभने कोरोनाका कारण कार्यक्रम छैन ।

निकै मिस गरेको छु ति रमाईला पल । यो बर्ष र अघिल्लो बर्ष कोभिडका कारण मनाउन नपाईएपनि अर्को बर्ष अवस्य रमाईलो गर्न पाउनेछौ । यो बर्ष हामी सबै सुरक्षित रहने उपाय खोजौ । सबैलाई शुभकामना पनि छ होलीको ।

 

शर्मिला गुरुङ, लोक गायिका :
होली त खासै मनाउदिन म । रंगले टाउको दुख्छ । पहिला पहिला होलीमा कार्यक्रम पर्दथ्यो । मनाउने पनि गर्थे कार्यक्रममै । कहिले कार्यक्रम गर्न जादा बाटोमै हुन्थे । तर मलाई यो पर्व मनपर्छ । जमघट हुन्छ ।

यसपाली काठमाडौंमै परिवार संगै बसेर मनाउने योजना छ । होली त रमाईलो जन्मथलो स्याङ्गजामा अझ रमाईलो हुन्छ । धेरै सम्झिन्छु म । तर अहिले मनाउने जस्तो माहोल पनि छैन । होलीको सबैलाई शुभकामना

 

सुमन श्रेष्ठ, कार्यक्रम संचालक :

कोभिड-१९ कोरोनाका कारण यस बर्ष र अघिल्लो बर्ष खासै मनाउन पाईरहेका छैनौ । कोरोनाको डर अझै पनि उत्तिकै छ । स्वास्थ सुरक्षाका नियम पालना सबैले गर्नु नै पर्छ । पहिला पहिलाका बर्षहरुमा होलीमा निकै रमाईलो गरिन्थ्यो । कार्यक्रममा नै व्यस्त हुन्थे ।

निकै याद आउछ ति पुराना दिनको । कहिले पाल्पामा कार्यक्रम चलाईराखेको हुन्थे त कहिले नारायणीको तिरमा । तर पनि म ढुक्क छु । हामी फेरी पनि पुरानो अवस्थामा फर्किंने छौ । तर अहिले सुरक्षित हुन निकै जरुरी छ । सबैले सुरक्षित तरिकाले होली मनाउनुहोला शुभकामना

 

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ९ : २८ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको