१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

माटोको ढिस्कोमा पुरिएर बझाङमा एक महिलाको मृत्यु



बझाङ । बझाङमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको जयपृथ्वी नगरपालिका वडा नँ ८ पैयातोलाकी २५ वर्षिया मञ्जु बमको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो ।

नयाँ वर्षका लागि घर पोत्न माटो ल्याउन गएकी बमको आज आइतबार विहान ७ बजे घटनास्थलमै मृत्यु भएको हो ।

स्थानीय चार जना महिला बिहान माटो लिन जयपृथ्वी नगरपालिका ३ आमपाटा गएका थिए । माटो खन्दै गर्दा एक्कासी ढिस्को भत्किएर पुरिएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

ढिस्कोले पुरिएकाको अवस्थामा स्थानीय र प्रहरीको सक्रियतामा शव निकालिएको हो ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बझाङमा राखिएको मृतकका आफन्त नविन बमले बताए ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ११ : ५४ बजे

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा

बागमतीका मुख्यमन्त्रीले हानेपालाई सरकारमा भित्र्याए, शैलेन्द्रमान बने भौतिक पूर्वाधारमन्त्री

काठमाडौं । बागमती प्रदेशमा नेकपा र नेकपा (एमाले)बीच सत्ता साझेदारीमा