४ पुस २०८२, शुक्रबार | December 20, 2025

सत्तारुढ एमाले निकट प्रेस चौतारीले लगायो पत्रकार महासंघ बाँकेमा ताला



नेपालगन्ज । पत्रकार महासंघको निर्वाचनको मिति नजिकिंदै जाँदा सदस्यताको कारण देखाउँदै बाँकेमा पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरिएको छ । सत्तारुढ एमाले निकट प्रेस चातारीले महासंघको मुल ढोकामा ताला लगाएको हो ।

महासंघको जिल्ला शाखाले सिफारिस गरेको नयाँ सदस्यहरु नामको सट्टा अर्के नाम मतदाता नामावलीमा थपिएर आएको भन्दै महासंघको मुल ढोकामा ताला लगाएको प्रेस चौतारी लुम्बिनी प्रदेश सह ईन्चार्ज रुद्र सुबेदीले बताए । जिल्ला शाखाले १८ जना क्रियाशिल पत्रकारको सदस्यताको सिफारिस गरेकोमा केन्द्रबाट नामावली प्रधाशन गर्दा थप नगरिएपछि तालाबन्दी गरिएको उनले बताए । शाखाको सिफारिसको नाम समावेश नगरि युनियनका एक नेताको सिफारिसको नाम समावेश भएर आएको सुबेदीले बताए ।

शाखामा तालाबन्दी गर्न सुबेदी सहित पत्रकार महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलि, चौतारीका केन्द्रीय नेता शिव डोटेल, जिल्ला अध्यक्ष हेमन्त बिक लगायतका नेताहरु महासंघको कार्यालय पुगेका थिए । चौतारीबाटै प्रतिनिधित्व गर्दै अध्यक्ष बनेका ठाकुरसिंह थारु भने तालाबन्दीका बेला देखिएनन् ।

महासंघ बाँकेका सचिव तिलक गाँउलेले महासंघको अध्यक्ष र सचिवको संयुक्त हस्ताक्षर गरि महासंघको आधिकारीक मेलबाट गएको सिफारिसलाई बेवास्ता गरि अनाधिकृतरुपमा युनियन नेता प्रेम केसी र शुक्रऋषी चौलागाईको ब्यक्तिगत सिफारिसलाई केन्द्रले मान्यता दिएको बताए ।

बाँकेमा सदस्यता बिबाद भएपछि शाखा साधारण सभाले विवादको समाधान खोजी शाखालाई प्रतिबेदन दिन युनियन नेता प्रेम केसीको संयोजकत्वमा कार्यदल बनेको थियो । केसीले कार्यदलको संयोजकको हैसियतले अनाधिकृत सिफारिस गरेको गाँउलेले बताए ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  १२ : १८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको