१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

सत्तारुढ एमाले निकट प्रेस चौतारीले लगायो पत्रकार महासंघ बाँकेमा ताला



नेपालगन्ज । पत्रकार महासंघको निर्वाचनको मिति नजिकिंदै जाँदा सदस्यताको कारण देखाउँदै बाँकेमा पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरिएको छ । सत्तारुढ एमाले निकट प्रेस चातारीले महासंघको मुल ढोकामा ताला लगाएको हो ।

महासंघको जिल्ला शाखाले सिफारिस गरेको नयाँ सदस्यहरु नामको सट्टा अर्के नाम मतदाता नामावलीमा थपिएर आएको भन्दै महासंघको मुल ढोकामा ताला लगाएको प्रेस चौतारी लुम्बिनी प्रदेश सह ईन्चार्ज रुद्र सुबेदीले बताए । जिल्ला शाखाले १८ जना क्रियाशिल पत्रकारको सदस्यताको सिफारिस गरेकोमा केन्द्रबाट नामावली प्रधाशन गर्दा थप नगरिएपछि तालाबन्दी गरिएको उनले बताए । शाखाको सिफारिसको नाम समावेश नगरि युनियनका एक नेताको सिफारिसको नाम समावेश भएर आएको सुबेदीले बताए ।

शाखामा तालाबन्दी गर्न सुबेदी सहित पत्रकार महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलि, चौतारीका केन्द्रीय नेता शिव डोटेल, जिल्ला अध्यक्ष हेमन्त बिक लगायतका नेताहरु महासंघको कार्यालय पुगेका थिए । चौतारीबाटै प्रतिनिधित्व गर्दै अध्यक्ष बनेका ठाकुरसिंह थारु भने तालाबन्दीका बेला देखिएनन् ।

महासंघ बाँकेका सचिव तिलक गाँउलेले महासंघको अध्यक्ष र सचिवको संयुक्त हस्ताक्षर गरि महासंघको आधिकारीक मेलबाट गएको सिफारिसलाई बेवास्ता गरि अनाधिकृतरुपमा युनियन नेता प्रेम केसी र शुक्रऋषी चौलागाईको ब्यक्तिगत सिफारिसलाई केन्द्रले मान्यता दिएको बताए ।

बाँकेमा सदस्यता बिबाद भएपछि शाखा साधारण सभाले विवादको समाधान खोजी शाखालाई प्रतिबेदन दिन युनियन नेता प्रेम केसीको संयोजकत्वमा कार्यदल बनेको थियो । केसीले कार्यदलको संयोजकको हैसियतले अनाधिकृत सिफारिस गरेको गाँउलेले बताए ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  १२ : १८ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा