४ पुस २०८२, शुक्रबार | December 20, 2025

गाउँपालिकाले आफ्नै ब्राण्डको मह बजारमा पठाउने



भोजपुर । पौवादुङमा गाउँपालिकाले मौरीपालनमा प्रोत्साहन गर्ने उद्देश्यले कृषकलाई सात दिने व्यावसायिक तालीम दिएको छ । गाउँपालिकाले कृषकलाई मौरीसहितको ७७ घार वितरण गर्नु पूर्व उहाँलाई व्यावसायिक तालीम दिएको हो ।

मौरीपालनमा लागेका कृषकलाई स्वरोजगारसँगै आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले काम भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । अध्यक्ष राईले भने, “हाम्रो क्षेत्रमा मौरीको राम्रो सम्भावना छ, धेरै कृषकले पराम्परागत रुपमा भए पनि मौरीपालन गर्दै आउनुभएको छ, उहाँहरुलाई थप पोत्साहन गर्न गाउँपालिकाले आर्थिक तथा प्रावधिक सहयोग गर्दै आएको छ, मौरीपालनका लागि आवश्यक चरण क्षेत्र विस्तार गर्दै गाउँपालिकामा नै प्रशोधन केन्द्र स्थापना गरेर गाउँपालिको ट्याग लगाएर बजारमा मह पठाउने लक्ष्य छ ।”

यस वर्ष मौरीपालनका लागि छनोटमा परेका गाउँपालिकाभित्रका २८ कृषकलाई आधुनिक घारमा मौरीपालनका विषयमा जानकारी दिएको गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले जानकारी दिए । साथै उनीहरुलाई बजार व्यवस्थापन, मह उत्पादन तथा मौरीका घार वृद्धिका बारेमा समेत जानकारी दिइएको प्रमुख राइको भनाइ छ ।

यस अघिका वर्षमा पनि कृषकलाई मौरीपालनमा लाग्नको लागि घार तथा गोलासहितको मौरी वितरण गर्दै आएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा २५० घार र आर्थिक वर्ष २०७६/७७ मा ४७ ओटा घारसहितको मौरी वितरण गरेको हो ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  १ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको