१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

आफ्नै मतदाताबाट लखेटिएपछि अर्थमन्त्रीको दवावमा रुपन्देहीका सुरक्षा प्रमुखहरुको सरुवा !



बुटवल । आफ्नै गृह जिल्लामा आफ्नै मतदाताबाट लखेटिनु परेपछि अर्थमन्त्री एवं रुपन्देहीका प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले गृह प्रशासन अन्तर्गतका जिल्लाका ३ वटै सुरक्षा प्रमुखहरुको सरुवा गराएका छन् । जिल्लामा सरुवा भएर आएको ६ महिना पुरा नहुँदै उनीहरुको सरुवा भएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरे, प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेल तथा शसस्त्र प्रहरी सिमा सुरक्षा कार्यालयका सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाको सरुवा गरिएको छ । घिमिरेको पर्सा सरुवा भएको छ भने पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ रुपन्देही आउने भएका छन् । त्यसैगरि प्रहरी प्रमुख पोखरेलको स्थानमा प्रहरी उपरीक्षक मनोज कुमार केसी आउने भएका छन् ।

रुपन्देहीको मोतिपुर क्षेत्रमा प्रस्तावित औद्योगिक करिडोरमा स्थानीयको व्यवस्थापन बिना जबर्जस्ती शिलान्यास गरिएको भन्दै अर्थमन्त्री पौडेलसहित उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टलाई शिलान्यास कार्यक्रम समेत सम्पन्न हुन नदिई स्थानीयले लखेटेका थिए ।

गत फागुन २१ गते मोतिपुरमा वातावरणीय प्रभाव मुल्याँकन समेत पुरा नगरि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले दुई मन्त्रीलाई बोलाएर शिलान्यास गराएको थियो ।

अर्थमन्त्री पौडेलको दवावमा गृहमन्त्रालयले ती अधिकारीहरुको सरुवा गरेको स्रोतले दाबी गरेको छ । शिलान्यास कार्यक्रम चलिरहेका बेला स्थानीयले अवरोध गरेपछि पटक पटक स्थानीय र प्रहरीकाबीच झडप भएको थियो । कार्यक्रममा पौडेलले सम्बोधन गरिरहेका बेला स्थानीयबाट माइकको लाइन काटेर मञ्चमा ढुंगामुढा गरेपछि सम्बोधन बीचमै पौडेलसहित मन्त्री भट्टको टोली मोतिपुर छाडेर हिंडेका थिए ।

अर्थमन्त्री पौडेलले निर्वाचनका बेला स्थानीयको बसोबासको ग्यारेन्टी नहुँदा सम्म औद्योगिक क्षेत्रको काम अगाडि नबढ्ने प्रतिबद्धता व्यक्त गरेपनि उनीहरुको व्यवस्थापन बिना औद्योगिक क्षेत्र निर्मणको काम अगाडि बढाईएको स्थानीयवासीले गुनासो गरेका छन् ।

सरकारले मोतिपुर औद्योगिक क्षेत्रलाई व्यवस्थापन गर्ने क्रममा ८ सय १३ बिगाहा जग्गा अधिग्रहण गरेको थियो । त्यसमा मोतिपुरमा ५५ वर्षदेखि बसोबास गर्दै आएका तीन हजार ६२ परिवारको २ सय ५० विगाहा जग्गा पनि परेपछि स्थानीय २०७३ सालदेखि नै आन्दोलित छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ८ : ३९ बजे

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे मध्यरातमै पदभार ग्रहण

काठमाडौं । प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन । यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व

कांग्रेसको १५ औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात