६ श्रावण २०८३, बुधबार | July 23, 2026

पाकिस्तानी प्रधानमन्त्री खानद्वारा भारतीय समकक्षीलाई पत्राचार : भारतसँग शान्तिपूर्ण सम्बन्ध चाहन्छौं, कास्मिर मुद्दा सुल्झाऊँ



काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई सन्देशको जवाफ फर्काएका छन् ।

पाकिस्तान दिवसको उपलक्ष्यमा गत मार्च २३ तारिखमा भारतीय समकक्षीले लेखेको बधाई सन्देशको जवाफ लेख्दै प्रधानमन्त्री खानले पाकिस्तान भारतसहित सबै छिमेकी देशसँग शान्तिपूर्ण एवं सहयोगपूर्ण सम्बन्ध चाहने बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीले बधाई सन्देश पठाउँदै विश्वास र आतंकवादमुक्त वातावरणमा भारत पाकिस्तानका जनतासँग सौहार्दपूर्ण सम्बन्ध राख्न चाहेको उल्लेख गरेका थिए ।

जवाफमा पाकिस्तानी प्रधानमन्त्री खानले मोदीलाई पठाएको पत्रमा दक्षिण एशियामा शान्ति स्थापनाका लागि जम्मु कास्मिरको समस्या समाधान हुनुपर्ने पूर्ववत अडानलाई पनि उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हामी दक्षिण एशियामा स्थायी शान्ति र स्थिरता एवं भारत र पाकिस्तानबीच सबै मुद्दामा विशेषगरी जम्मु कास्मिरको विवाद सुल्झाएपछि मात्र सम्भव छ भन्ने कुरामा निश्चिन्त छौं ।’

खानले पाकिस्तान दिवसको उपलक्ष्यमा शुभकामना दिएकोमा मोदीलाई धन्यवाद दिएका छन् । ‘पाकिस्तान दिवसको अवसरमा शुभकामनाका साथ तपाईंले पठाउनुभएको चिठ्ठीका लागि आभार प्रकट गर्दछु’, पत्रमा खानले लेखेका छन्, पाकिस्तानका जनता आफ्ना संस्थापकको दूरदर्शिता एवं बुद्धिमत्ताको उच्च सम्मान गर्दै उनीप्रति श्रद्धान्जली अर्पण गरेर मनाउँछन् । जसले, एक स्वतन्त्र र सम्प्रभुतासम्पन्न देशको परिकल्पना गरेका थिए । जहाँका जनताले पूर्ण स्वतन्त्रताका साथ बाँच्न पाउँछन्, आफ्नो क्षमताको अनुभूति गर्न सक्छन्।’

प्रधानमन्त्री खानले सकारात्मक एवं नजिताउन्मुख वार्ताका लागि अनुकुल वातावरण बनाउन भारतीय प्रधामन्त्रीलाई आग्रह समेत गरेका छन् । उनले कोरोना महामारी विरुद्धको लडाईमा सफलता प्राप्तिका लागि भारतलाई शुभकामना पनि दिएका छन् ।

 

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ८ : ३२ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क