१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

‘समर्थन फिर्ता लेउ, राजीनामा आउँछ’ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई दिएको समर्थन फिर्ता गरे आफूले राजीनामा दिने बताएका छन् ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तर्गत एक सय ६५ वटा सडकको एकैपटक शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा अहिले मात्रै नभएर दिनहुँ मागिँदै आएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले राजीनामा माग्ने तर, सरकारलाई समर्थन पनि गरिरहनेलाई पक्षलाई मागपिच्छे आफूले राजीनामा दिन नसक्ने बताए । ‘प्रधानमन्त्रीको राजीनामा आज मागिएको होइन्, मागिएको मागिएइ छ त। मागैपच्छिे म कसरी दिनसक्छरु ’ उनले भनेका छन्, ‘समर्थन फिर्ता लिइदेउ भन्छु त्यो पनि लिँदैनन्। अनि राजीनामा माग्छन्। राजीनामा त आइहाल्छ नि समर्थन फिर्ता गर न।’ केही मानिसहरूले यो सरकारले सिन्को भाँचेको नदेखेको पनि उनले बताएका छन् ।

यस्तै, प्रधानमन्त्री ओलीले कार्यक्षमता बढाउने गरी काम गर्न सरोकारवाल सबैलाई निर्देशन दिएका छन् । आजबाट शुरू भएको कामको सबैले नियमन गर्नुपर्ने तर कसैले अवरोध गर्न नहुने उनको भनाई छ ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  २ : ०९ बजे

बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

सुदूरपश्चिम । हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा

कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लोपटक कान्तिपुर सेभिङ र

भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको

गत आर्थिक वर्षमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौं । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा