२४ बैशाख २०८१, सोमबार | May 6, 2024

बाँकेको नरैनापुर गाउँपालिका-४ मा आगलागी, ११५ घर ध्वस्त, ४ जना घाइते



बाँके । बाँकेको नरैनापुर गाउँपालिका-४ खोदवा गाउँमा शनिबार आगलागी हुँदा एक सय १५ घर जलेर ध्वस्त भएका छन् ।

जिल्ला सदरमुकाम नेपालगन्जबाट ४० किमि पूर्वमा रहेको नरैनापुरको खेदवा गाउँमा आगलागी भएको हो ।

घटनास्थल पुगेका बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार शनिबार दिउँसो साढे ३ बजेतिर आगलागी भएको हो । आगलागीमा परी ४ जना घाइते भएका छन् ।

घाइतेहरुको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । क्षतिको एकिन विवरण अझैं संकलन भइसकेको छैन । आगलागीको सूचना पाउनासाथ नरैनापुर गाउँपालिका, नेपालगन्ज उपमहानगरपालिका, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी पाँच वटा दमकल प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बु कुरुङबाङले जानकारी दिए ।

नरैनापुरमा यो वर्ष आगलागी भएको यो पाँचौ पटक हो । नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले यसअघि वडा नं. १ मा २४, वडा नं. २ मा १८, वडा नं. ४ मा १० वटा र वडा नं. ६ मा ४ वटा घर जलेर नष्ट भएको जानकारी दिए ।

उनले भने, ‘धेरैको फुसको छानो भएको घर छन् । पानी नपरेर सुकेको छ । एउटा घरमा आगो लाग्ने बित्तिकै सल्केर एकैपटक धेरै घर जलेर नष्ट हुने गरेका छन् ।’ गाउँपालिका अध्यक्ष शाहले ‘विषम परिस्थितिमा केन्द्र, प्रदेश र अन्य स्थानीय सरकारलाई सहयोगको लागि सामाजिक सञ्जालमार्फत अपिल पनि गरेका छन् ।

आगलागी भएको क्षेत्रमा सुरक्षाकर्मी, रेडक्रस र स्थानीय तहले टेण्ट टाँगेर पीडित परिवारलाई बास र गासको व्यवस्था गरेका छन् ।

फागुन र चैत महिनामा मात्रै नरैनापुरमा १ सय ४३ घर जलिसकेका छन् । जिल्ला आपतकालीन कार्य सञ्चालन सूचना केन्द्रका व्यवस्थापक रूपन ज्ञवालीले अव्यवस्थित घर तथा कमजोर संरचनाका कारण आगलागीका घटना बढेको बताए ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ६ : ४५ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,