३ पुस २०८२, बिहिबार | December 18, 2025

जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमायो : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमाएको बताएका छन् ।

स्वर्गीय जोशीको १३औँ पुण्यतिथिका अवसरमा कांग्रेस केन्द्रीय समितिले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको शोकसभामा बोल्दै सभापति देउवाले स्व जोशी भविष्यमा पार्टी हाँक्नसक्ने नेता भएको बताए ।

“छोटो समयमा धेरै काम गर्नसक्ने अध्ययनशील नेता जोशी हुनुहुन्थ्यो, केही समय मन्त्री हुँदा पनि देश र जनताको पक्षमा काम गरेर जोशीले आफ्नो र पार्टीको नाम उच्च राख्नुभएको थियो,” देउवाले भने ।

आगामी दिनमा कांग्रेसको काँधमा ऐतिहासिक जिम्मेवारी रहेको उनकोभनाइ थियो । कांग्रेस चुनाव हार्दैमा सङ्कटमा नपरेको सभापति देउवाले बताए । लोकतन्त्रलाई संस्थागत गरेमात्र नेता जोशीप्रति सच्चा श्रद्धाञ्जलि हुने उनको भनाइ थियो ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जोशीको निधनले देशले होनहार र उदयीमान नेता गुमाएको बताए । “लगनशील, सिर्जनशील र इमान्दार नेता जोशीको अभाव आगामी दिनमा देश र काँग्रेसभित्र खड्कीनेछ”, पौडेलले भने । वरिष्ठ नेता पौडेलले स्व जोशीले विसं २०४६ को जनआन्दोलन पहिले विद्यार्थीका रुपमा र त्यसपछि कांग्रेसमा बसेर लोकतन्त्र स्थापनामा खेलेको भूमिका स्मरणयोग्य रहेको बताए ।

पछिल्लो समय जनप्रतिनिधिका हैसियतले जनताको घरघरमा पुगेर जनसम्बन्ध राखेर अनुकरणीय काम गर्ने नेता जोशीबाट कांग्रेसका नेताले पाठ सिक्नुपर्ने उनको भनाइ थियो । बौद्धिक, विचारशील र कर्मशील व्यक्तित्व जोशीको निधनमा कांग्रेसले ठूलो क्षति व्यहोर्नुपरेको नेता पौडेलले बताए । नेपालमा लोकतन्त्र साकार गरेमात्र स्वर्गीय जोशीप्रति सच्चा श्रद्धाञ्जलि हुने उनको भनाइ थियो ।

कांग्रेस ललितपुरका सभापति मदन अमात्यले जोशीको निधनले सिङ्गो उपत्यकावासी शोकमा डुबेको बताए । नेता जोशी जुझारु युवा नेता भएको अमात्यको भनाइ थियो । परिवारको तर्फबाट बोल्दै स्वर्गीय जोशीका दाजु एवं कांग्रेस नेता राजुराज जोशीले आफूहरु दाजुभाइ भए पनि साथीभाइ जस्तो भएर काम गरेको बताए ।

स्व. नेताप्रति पार्टीले उच्च मूल्याङ्कन गर्नुपर्ने उहाँको भनाइ थियो । जोशीको निधनमा आज देशभरका ७७ वटै जिल्लामा शोकसभा भइरहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ११ : ५७ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन