३ आश्विन २०८३, शनिबार | September 20, 2026

हुम्लाका लागि सात हजार क्विन्टल चामल स्वीकृत



हुम्ला । सरकारले हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत सात हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ ।

जिल्ला खाद्य व्यवस्थापन समिति हुम्लाले माग गरेअनुसार उक्त कोटा स्वीकृत गरिएको लिमिटेड हुम्ला शाखाका नायब सुब्बा भरत अधिकारीले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०७७/०७८ का लागि लिमिटेडको हुम्ला शाखाले गत फागुन २६ गते लिमिटेडको बिक्री वितरण विभाग, प्रधान कार्यालय काठमाडौँमा अनुरोध गरेपछि उक्त परिमाणको चामलको कोटा स्वीकृत भएको हो । “लिमिटेडले सिमकोट केन्द्रका लागि १४ हजार क्विन्टल चामल माग गरे पनि चैत २६ गते केन्द्रको परिपत्रअनुसार जम्मा सात हजार क्विन्टल मात्रै स्वीकृत भएको छ’, अधिकारीले भने, “तर विगतका वर्षहरु भन्दा यतिबेला पहिलो पटक धेरै खाद्यान्न स्वीकृत भएको हो ।”

स्वीकृत भएको कोटाको चामल कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट ढुवानी हुने बताइएको छ । जिल्लाको मागअनुसार स्वीकृत भएको खाद्यान्न निजी विमान कम्पनी सीता एयरले ढुवानी गर्नेछ ।

चामल ढुवानीका लागि सीता एयरलाई जानकारी समेत गराइसकिएको र अबको केही दिनदेखि नियमितरूपमा चामल ढुवानी गर्ने भएको सीता एयरको सिमकोट स्टेसन सहायक इन्चार्ज सूर्य लामाले बताए ।

हुम्लामा स्थानीय उत्पादनले वर्षभर खान नपुग्ने भएपछि चामलका लागि हानथाप हुने र जहिले पनि समस्या हुने गरेको छ । चर्को खडेरीका बीच जेठमा पाक्ने गहुँ बाली पनि अपेक्षाकृत रूपमा नफल्ने भएपछि सरकारले यो समयमा स्वीकृत गरेको चामलको कोटाले चामल वितरणमा खासै समस्या नहुने बताइएको छ । रासस

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ७ : ३३ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब