१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

चितवनको भरतपुरमा म्याजिक दुर्घटना; दुई जनाको मृत्यु, सात घाइते



चितवन । चितवनको भरतपुरबाट शारदानगर जाँदै गरेको म्याजिक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आइतबार बिहान ९ बजेतिर भरतपुरबाट शारदानगर जाँदै गरेको ना १ ज ३८५९ नं.को म्याजिक गाडी अनियन्त्रित भई कल्भर्टमा खस्दा दुर्घटनामा परेको थियो । दुर्घटनामा दुई पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतकको सनाखत हुँन बाँकी छ ।

यसैगरी सात जना यात्रु घाइते भएका छन् । तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । म्याजिक चालक शारदानगरका रमेश थापाको दुवै खुट्टा भाँचिएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।

घाइतेहरुको पुरानो मेडिकल कलेज, चितवन मेडिकल कलेज, भरतपुर अस्पतालमा उपचार भैरहेको छ । सामान्य घाइते एक जनाको रामपुरस्थित स्थानीय मेडिकलमा उपचार भएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ११ : १४ बजे

संसदमा ‘सिट प्लान’ : अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौँ । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष

निर्वाचनको परिणाम ‘अनपेक्षित, अस्वाभाविक र जादुमयी’ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोल्दा

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै