१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

चितवनको भरतपुरमा म्याजिक दुर्घटना; दुई जनाको मृत्यु, सात घाइते



चितवन । चितवनको भरतपुरबाट शारदानगर जाँदै गरेको म्याजिक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आइतबार बिहान ९ बजेतिर भरतपुरबाट शारदानगर जाँदै गरेको ना १ ज ३८५९ नं.को म्याजिक गाडी अनियन्त्रित भई कल्भर्टमा खस्दा दुर्घटनामा परेको थियो । दुर्घटनामा दुई पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतकको सनाखत हुँन बाँकी छ ।

यसैगरी सात जना यात्रु घाइते भएका छन् । तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । म्याजिक चालक शारदानगरका रमेश थापाको दुवै खुट्टा भाँचिएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।

घाइतेहरुको पुरानो मेडिकल कलेज, चितवन मेडिकल कलेज, भरतपुर अस्पतालमा उपचार भैरहेको छ । सामान्य घाइते एक जनाको रामपुरस्थित स्थानीय मेडिकलमा उपचार भएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ११ : १४ बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला

बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत